शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025
add-top

भागबन्डामा काङ्ग्रेसले गभर्नर पाउने, ज्ञानेन्द्र ढुंगानाको सम्भावना उच्च

भागबन्डामा काङ्ग्रेसले गभर्नर पाउने, ज्ञानेन्द्र ढुंगानाको सम्भावना उच्च

काठमाण्डौ । सत्ता साझेदार दलको प्रमुख घटक नेपाली कांग्रेसले सिफारिस गरेका ब्यक्तिलाई नेपाल राष्ट्रबैंकको गभर्नर बनाउन प्रधानमन्त्री केपि ओलि सहमत भएपछि वर्तमान सरकार विघटनको चर्चा सेलाएको छ। प्रधानमन्त्री ओलिको कार्यशैलीप्रति गम्भीर असहमति जनाउदै समर्थन फिर्ता लिन पार्टी नेतृत्वलाई दबाब सृजना गरेको नेपाली काङ्ग्रेसको असन्तुष्ट समूह समेत यतिखेर मत्थर बनेको छ

प्रधानमन्त्री ओलिले आफू निकटका ब्यक्तिलाई नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्त गर्न अर्थमन्त्री बिष्णु पौडेललाई सिफारिस समितिको बैठक समेत नबोलाउन निर्देशन दिएको, काङ्ग्रेसको सिफारिसलाई पटक पटक लत्याएर एकलौटी रूपमा अघि बढेको भन्दै नेपाली काङ्ग्रेसको असन्तुष्ट समूहले वर्तमान ओलि सरकारबाट बाहिरिन पार्टी नेतृत्वलाई दबाब दिदै आएको थियो।

प्रधानमन्त्री ओलिसङग हिजो मंगलबार भएको छलफलमा नेपाली काङ्ग्रेसले सिफारिसमा गरेका ब्यक्तिलाई नेपाल राष्ट्रबैंकको गभर्नर बनाउन सहमति भएको भन्दै नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले असन्तुष्ट नेताहरूलाई सम्झाएको काङ्ग्रेस निकट श्रोतको भनाइ छ। प्रधानमन्त्री ओलि सङ्गको भेटमा काङ्ग्रेस सभापति देउवाले आफूहरुले गभर्नर नपाए सत्ता गठबन्धनमै समस्या हुनसक्ने भनी असन्तुष्ट समूहले दिइरहेको चेतावनीलाई थेग्न नसक्ने बताएका थिए।

पूर्व रास्ट्रपति बिद्या भणडारिको सिफारिस अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रबैंकको गभर्नरमा डा. निलम ढुंगानालाई नियुक्त गर्न खोजेका थिए। दलीय भागबण्डाका आधारमा समेत गभर्नर आफ्नो भागमा पर्नुपर्ने नेपाली काङ्ग्रेसको लगातारको दाविलाइ बेवास्ता गर्दै प्रधानमन्त्री ओलिले सिफारिस समितिको बैठकनै गर्न नदिएर विलम्ब गर्दै आएका थिए।

अनेकन विवादका बावजुत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइ एमालेको सिफारिस अनुसार हितमान शाक्यलाई सो पदमा नियुक्त गर्नलाई समर्थन गरेरपनी अहिले गभर्नर समेत आफ्नो मान्छेलाई बनाउन एमालेले तिकडम गरेको भन्दै काङ्ग्रेस भित्र असन्तुष्टि चुलिएको थियो ।

प्रधानमन्त्री ओलीको कार्यशैलीको कांग्रेस महामन्त्री गगनकुमार थापा लगायतका शीर्ष नेताहरुले सार्वजनिक रुपमै आलोचना गरेका थिए । यही बिवादका बीचमा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत भेटघाट गरेपछि एमाले हच्किएर काङ्ग्रेसको चाहना अनुसार गभर्नर बनाउन सहमत गरेको बताइएको छ । हिजो भएको भेटमा प्रधानमन्त्री ओलीले काङ्ग्रेसले सिफारिस गरेको व्यक्तिलाई गभर्नर बनाउने वचन दिएको भन्दै सभापति देउवाले आज पार्टी भित्र सम्भावित उम्मेद्वारहरुको विषयमा छलफल गरेको बताइएको छ ।

यसैगरी हिजो मंगलबार गभर्नर नियुक्तिसम्बन्धी मापदण्ड संसोधन गर्ने अर्थमन्त्रालयको निर्णय कार्यान्वयनमा नल्याउन सर्वोच्च अदालतले आदेश दिएपछि गभर्नरको दौडमा रहेकाहरुको संख्या घटेको छ ।सर्वोच्चको सो निर्णय पछि पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र रविन्द्र पाण्डे दौडबाट स्वतह बाहिरेका छन। हिजोको सर्वोच्चको सो फैसला र सहमतिले ज्ञानेन्द्र ढुंगाना र डा. गुणाकर भट्टमध्ये एकजनाले गभर्नरको रूपमा नियुक्ति पाउने सम्भावना बढेको छ ।
कांग्रेसनिकट मानिने ढुंगाना यश अघिकै संकेत अनुसार नविल बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर गभर्नरको दौडमा होमिएका कारण पनि उनको सम्भावना उच्च रहेको बताइन्छ ।

विश्व