काठमाण्डौ । नेपाल राष्ट्रबैंकको १८ औं गभर्नर डा. गुणाकर भट्ट गभर्नर बन्ने हल्ला निराधार भएको सम्वद्ध अधिकारी हरुले बताएका छन।
नेपाल राष्ट्रबैंकको ऐनले कार्यकारी निर्देशकको रुपमा कार्यरत व्यक्तिलाई गभर्नरमा नियुक्तिका लागि शिफारिस सम्म गर्न सक्ने परिकल्पना नगरेको कारण भट्ट रेसमै छैनन। यधपी उनको नाममा अनावश्यक हल्ला चलाएर बजारलाई प्रभावित बनाउन प्रयास गरिएको आशन्का गरिएको छ।
`नेपाल राष्ट्रबैंकको ऐनले गभर्नरको नियुक्तिको लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था गरेको कारण कार्यकारी निर्देशक भट्ट सिफारिसमै नपर्ने प्रायः निश्चित छ तथापि अनावश्यक हल्ला चलाइएको छ, नेपाल रास्ट्रबैंककै एक उच्च अधिकारीले नाम नवताउने आर्तमा भने `कथम कदाचित उनलाइ कार्यकारी निर्देशकको रुपमा नभएर बिज्ञको रुपमा सिफारिस गरिए मुद्दा पर्ने र त्यो निर्णय उल्टने सम्भावना रहन्छ।
राष्ट्रबैंकको ऐनको ब्यवस्था अनुसार समितिले नेपाल रास्ट्र बैंक भित्रबाट डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्रमध्ये एकजनाको नाम सहित तीन जनाको नाम सिफारिस गर्ने छ । एमालेले बनाउन चाहेकी ढुंगानाको नेपाली काङ्ग्रेसले गभर्नर पाउने भए संगै सम्भावना टरेको र बम रेसमै नभएको अवस्थामा नेपाल रास्ट्र बैंक बाहिरको ब्यक्ति गभर्नर बन्ने सम्भावना छ।
सर्वोच्च अदालतको मंगलबारको आदेशबाट रेसमा रहेका भनिएअका पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र रविन्द्र पाण्डेको पनि सम्भावना टरेका कारण गभर्नर ज्ञानेन्द्र ढुंगाना बन्ने सम्भावना बढेको छ। उनी गभर्नर नियुक्त हुने गृन सिग्नल पाएरै यश अघिनै नेविल बैंकको सिइयोको पदबाट राजिनामा दिएर रेसमा होमिएका छन।
प्रमुख सत्तारुढ दलहरु नेकपा एमाले र नेपाली कांगे्रसको शीर्ष नेतृत्वबीच गभर्नर कांग्रेसलाई दिने सहमति भएका कारण कांग्रेसले गभर्नर भट्ट वा ढुंगाना मध्य एक जनालाई बनाउने चर्चा चलेको थियो। एनलेनै भट्टलाई सिफारिसमै अवरुद्ध पारेपछि अब ज्ञानेन्द्र ढुङ्गाना गभर्नर बन्नेमा संका रहेन, ती अधिकारीले भने ।