शुक्रबार, फाल्गुन २२, २०८२
Friday, March 6, 2026

शिक्षाकहरुको आन्दोलनलाई बेवास्ता गर्दै १२ क्लासको परिक्षा संचालन गर्ने परिक्षा बोर्डको निर्णय

शिक्षाकहरुको आन्दोलनलाई बेवास्ता गर्दै १२ क्लासको परिक्षा संचालन गर्ने परिक्षा बोर्डको निर्णय

काठमाडौं । शिक्षकहरुको आन्दोलनको वावजुत राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नियमित रुपमा संचालन गर्ने भएको छ।

यहि बैशाख ११ देखि संचालन हुने परिक्षा सञ्चालनका लागि सबै संयन्त्र प्रयोग गरिने बोर्डले जनाएको छ । परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षकहरु सहभागी नभएपनि अन्य संयन्त्र प्रयोग गरेर परीक्षा सञ्चान गरिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाएका छ्न।

शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागहरू राखेर नेपाल शिक्षाक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला बोर्डले शिक्षाकको सहयोगबिना परिक्षा संचालनको निर्णय लिनुलाइ अर्थपूर्ण रूपमा हेरिएको छ।

विश्व