काठमाडौं । संसदको सबभन्दा ठुलो दल नेपाली काङ्ग्रेस र दोश्रो ठुलो दल नेकपा एमालेका बीचमा सत्तासमीकरण गरेको एक बर्ष पुग्दानपुग्दै सत्ता सहकार्यमा दरार आएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कार्यशैलीलाई लिएर नेपाली कांग्रेस निकै चिढिएपछि वर्तमान सरकार ढाल्ने आकलन गर्न थालिएको छ।
त्यसोत एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलि काङ्ग्रेसलाई चिढाएर नेपाली काङ्ग्रेससितको सत्ता सहकार्य अन्त्य गर्न खोजेको समेत आकलन गरिएको छ।
सभापति शेरबहादुर देउवा संग सहमति गरेरपनी प्रधानमन्त्री ओलिले गभर्नर नियुक्ति नगरेको कारण चिढिएको काङ्ग्रेस शिक्षकहरुको जारि आन्दोलन अन्त्य गर्नका लागि पहल नगरेको कारण पनि सन्तुष्ट छैन। ।
नेपाली काङ्ग्रेस संग सल्लाह समेत नगरेर प्रधानमन्त्री ओलीले बुधबार ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाएपछि कांग्रेस बिच्किएको छ । कान्छारामलाइ बिना सल्लाह हटाउदा काङ्ग्रेस बिशेष गरेर सस्थापन पक्षनै बिच्कने कुरामा जानकार भएर पनि प्रधानमन्त्री ओलिले जानिबुझी हटाएर काङ्ग्रेससितको सत्ता सझेदारी तोड्न खोजेको अनुमान गरिएको छ।
सभापति देउवा देश बाहिर रहेको बेला ओलिले कार्यवाहक सभापति पूर्नबहादुर खड्कासंग समेत सल्लाह गगरी बर्खास्त गरेपछि यतिबेला काङ्ग्रेस भित्र प्रधानमन्त्रीको कार्यशैलीका बिसयमा छलफल भैरहेको छ।