काठमाडौं । नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि नबढाइएको बिसयमा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले अर्थमन्त्री बिष्णु पौडेल समक्ष असन्तुष्टि व्यक्त गरेका छन् । आगामी आर्थिक बर्षको बजेट तर्जमाका विषयमा छलफल गर्नभनी आज सोमबार बिहान सभापति देउवा निवास पुगेका अर्थमन्त्री पौडेल समक्ष देउवाले उक्त बिसयमा असन्तुष्टि व्यक्त गरेका हुन।
गभर्नर नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउने बिसयमा नेपाली कांग्रेसका सभापति देउवा र नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलिबीच दस दिन अघि समझदारी भएको भनिए पनि गभर्नरको प्रत्यासी भनीएका नेपाल रास्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजिनामा स्वीकार नगरि अड्लीकाइएको छ। एमालेले गभर्नर बनाउन खोजेकी नेपाल रास्ट्रबैंककि कार्यकारी गभर्नर निलम ढुंगानाले एमालेकै निर्देशनमा राजिनामा स्वीकृत नगरि बसेको आरोप छ।
काङ्ग्रेसको चर्को दबाबपछि प्रधानमन्त्री ओलिले नेपाली काङ्ग्रेसले नियुक्त गर्न चाहेको ब्यक्तिलाई गभर्नर बनाउन काङ्ग्रेस सभापति देउवासङ्ग सहमति जनाएका थिए। तर अहिले एमाले काङग्रेसलाइ गभर्नर नदिने दिनै परे नियुक्त गर्न आवश्यक निर्वाचन आयोगको प्रमुख आयुक्त आफ्नो पार्टीको समर्थकलाई बनाउने योजनामा लागेका कारण तत्काल नेपाल रास्ट्रबैंकको गभर्नर नियुक्त्तिको प्रक्रिया अघि नबढाइएको अड्कल गरिएको छ। श्रोतका अनुसार आहि प्रपन्च मुताविकनै अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिको बैठक समेत नराखी बसेका छन।
गभर्नर पद निर्वाचन आयोगको प्रमुख आयुक्त पदसङ्ग सट्टाबट्टा गर्नैका लागि नेपाली काङ्ग्रेस सङ्ग सहमति गरेर पनि नेकपा एमालेले आफुले नियुक्त गर्न खोजेका कायम मुकायम गभर्नर ढुंगानालाई प्रयोग गरेर गभर्नरमा प्रतिस्पर्धा गर्न कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका भट्टको राजीनामा स्वीकृत नगरिदिने, अर्थमन्त्री पौडेलको अध्यक्षतामा रहेको गभर्नर सिफारिस समितिको बैठकनै नराखिदिने लगायतका हत्कन्डा प्रयोग गरिरहेको आसन्का गरिएको छ, नेपाली काङ्ग्रेसका एक उच्च अधिकारीले भने आन्तरिक झगडाले थलिएको नेपाली काङ्ग्रेसका दुई पक्षलाई प्रयोग गरेर एमालेले गभर्नर नियुक्त नगरेको आशंका छ ।
सरकारले गभर्नर सिफारिस गर्न गठन भएको समितिको बैठक महिना दिन बितिसक्दा समेत नबोलाएको भन्दै समितिका सदस्य तथा पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा गरेपछि उनको ठाँउमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्ति गरिएको छ ।