शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025
add-top

भोलि बिहिवार सम्म गभर्नर नियुक्तका लागि प्रक्रिया पूरा गर्न अर्थमन्त्री पौडेललाई प्रधानमन्त्री ओलिको निर्देशन

भोलि बिहिवार सम्म गभर्नर नियुक्तका लागि प्रक्रिया पूरा गर्न अर्थमन्त्री पौडेललाई प्रधानमन्त्री ओलिको निर्देशन

काठमाडौं । सत्ता साझेदार नेपाली काङ्ग्रेस लगायत चौतर्फी दबाब परेपछि प्रधानमन्त्री केपी शर्मा ओलिले भोलि बिहीबार सम्म नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तका लागि प्रक्रिया अघि बढाउन अर्थमन्त्री बिष्णु पौडेललाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलिले आज अर्थमन्त्री पौडेललाई बोलाएर नेपाल रास्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टको राजिनामा स्वीकृत गराइ पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बोलाएर सिफारिस गर्न निर्देशन दिएको अर्थ मन्त्रालय श्रोतले बताएको छ।

नेपाली काङ्ग्रेसको सिफारिस अनुसार भट्टलाई भोलि बिहिवार सम्म गभर्नर नियुक्त गर्न सभापति शेरबहादुर देउवासङ्ग सहमति जनाएका प्रधानमन्त्री ओलिले आज अर्थमन्त्री पौडेललाई तत्काल प्रक्रिया अघि बढाउन भनेपछि भोलि सम्म भट्ट गभर्नर नियुक्त हुने सम्भावना उच्च रहेको समेत उक्त अर्थ मन्त्रालय श्रोतले बताएको छ।

राष्ट्र बैंकमा गभर्नर नियुक्तिमा अनावश्यक ढिलाइ गरेको बिषयमा कार्यवाहक गभर्नर निलम ढुंगानालाई समेत चौतर्फी दबाब छ । श्रोतका अनुसार उनले तत्काल गभर्नर नियुक्तिका लागि मार्ग प्रसस्त नगरे उनलाई कामु गभर्नरबाटनै हटाउन समेत प्रधानमन्त्री ओलिले अर्थमन्त्री पौडेललाई निर्देशन दिएको श्रोतको दावी छ।

विश्व