शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025
add-top

ज्ञानेन्द्र ढुङ्गानालाईनै पर्ने भयो नेपाल रास्ट्रबैंकको गभर्नर पदको चिट्ठा!

ज्ञानेन्द्र ढुङ्गानालाईनै पर्ने भयो नेपाल रास्ट्रबैंकको गभर्नर पदको चिट्ठा!

काठमाडौं । नेपाल रास्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टको राजिनामा स्वीकृत नगरेर कायम मुकायम गभर्नर निलम ढुंगानाले कानुनी अडचन सृजना गरिदिएपछि अर्का गभर्नर पदका प्रत्यासी ज्ञानेन्द्र ढुङ्गानाको गभर्नर बन्ने मार्ग प्रसस्त भएको छ।

श्रोतका अनुसार ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउन प्रधानमन्त्री केपि शर्मा ओलि सकारात्मक देखिएका छन् । सुरुमा नेपाली काङ्ग्रेसले ज्ञानेन्द्र ढुङ्गानालाई गभर्नर बनाउन प्रस्ताव गरेपनी प्रधानमन्त्री ओलिले अर्को कुनै ब्यक्तिलाई सिफारिस गर्न भनेपछि काङ्ग्रेसले भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्रीलाई सुझाएको थियो।

नेपाल रास्ट्र बैंकको बिधानले कार्यकारी निर्देशक गभर्नर बन्न सक्ने परिकल्पना नगरेका कारण भट्टले पदबाट राजिनामा दिएका थिए। तर कायम मुकायम गभर्नर निलम ढुंगानाले उनले दिएको राजिनामा स्वीकृत नगरिदिएपछी उनी गभर्नर नियुक्ति हुने सम्भावना टरेको छ। सरकारको नेतृत्व गरेको एमालेले निलम ढुंगानालाई गभर्नर बनाउन चाहेको भएपनी सत्ता साझेदार दल नेपाली काङ्ग्रेसले दावी गरेपछि एमालेले काङ्ग्रेसलाई दिन सहमत गरेको थियो। यधपी एमालेको एउटा समूह निलम ढुंगानालाई गभर्नर बनाउन अहिलेपनि प्रधानमन्त्री ओलिलाइ निरन्तर दबाब दिइरहेको छ।

सरकारले गभर्नर नियुक्तिमा अनावश्यक विलम्ब गरेकोमा सत्ता साझेदार नेपाली काङ्ग्रेस लगायत चौतर्फी रुपमा दबाब परेपछि प्रधानमन्त्री ओलिले तत्काल गभर्नर नियुक्ति गर्न तत्परता देखाएका छन। नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवासंग आज बिहिवार सम्म नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरिसक्ने वचनवद्दता जाहेर गरेका प्रधानमन्त्री ओलिले यश अघिनै गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउन अर्थमन्त्री बिष्णु पौडेललाई निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलिले हिजो बुधबार पनि अर्थमन्त्री पौडेललाई बोलाएर नेपाल रास्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टको राजिनामा स्वीकृत गराएर वा अन्य प्रक्रियाबाट उनि नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बोलाएर सिफारिस गर्न निर्देशन दिएको अर्थ मन्त्रालय श्रोतले बताएको छ।

नेपाली काङ्ग्रेसको सिफारिस अनुसार भट्टलाई गभर्नर नियुक्त गर्न सम्भावना नभएपछि प्रधानमन्त्री ओलिले सुरुमा काङ्ग्रेसले सिफारिस गरेको बज्ञानेन्द्र ढुङ्गानालाई गभर्नर बनाउन चाहेको सन्देश काङ्ग्रेस सभापति देउवा समक्ष पठाएको र देउवाले आमेत भट्ट नभए ज्ञानेन्द्र ढुङ्गानालाई गर्न भनी सुझाएको श्रोतको दावी छ।

राष्ट्र बैंकमा गभर्नर नियुक्तिमा अनावश्यक ढिलाइ गरेको बिषयमा कार्यवाहक गभर्नर निलम ढुंगानालाई समेत चौतर्फी दबाब छ । यद्यपि उनले भट्टको राजिनामा स्वीकृत नगर्ने अड्डान लिएकी छन। श्रोतका अनुसार उनले तत्काल गभर्नर नियुक्तिका लागि मार्ग प्रसस्त नगर्ने मात्रै नभएर सरकारलाइनै असजिलो पार्ने गरेको भन्दै कामु गभर्नरबाटनै हटाउन समेत प्रधानमन्त्री ओलिले अर्थमन्त्री पौडेललाइ सुझएको समेत श्रोतको दावी छ। कामु गभर्नर निलम ढुंगानाले पूर्व रास्ट्रपति बिद्या भणडारिको आडमा आफुलाइ गभर्नर नबनाए सरकारलाई असजिलो पार्ने सन्देश दिएकाले पनि प्रधानमन्त्री ओलि इनिसङ्ग चिढिएको बताइन्छ।

विश्व