काठमाडौं। नेपालिमा एउटा भनाइ छ, ढिला होस,राम्रोका लागि होस। ठ्याक्कै त्यस्तै हुने जस्तो भएको छ अहिले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको सन्दर्भमा। नेपाली काङ्ग्रेसले सिफारिस गरेको ब्यक्तिमात्रै होइन आर्थिक बिकासमा सवैले मनपराएका ब्यक्तिनै गभर्नर नियुक्तिहुने प्रायः निश्चित भएको छ।
वर्तमान सरकारको नेतृत्व गरेको नेकपा एमालेको अनेकन उल्झनका बाबजुद नेपाली काङ्ग्रेसले सिफारिस गरेको ब्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने निश्चित प्रायः भएको छ। त्यति मात्रै होइन नेपाल राष्ट्र बैंकको गभर्नरमा गुणाकर भट्टलाई नियुक्ति गर्न कानुनी समस्या रहे वा ज्ञानेन्द्र ढुंगानालाइ नियुक्ति गर्न एमालेको मन्जुरी नभए अर्थविद विश्व पौडेललाई गर्न भन्दै नेपाली काङ्ग्रेसले नाम प्रस्ताव गरेको छ। उनको सिफारिसले निजि क्षेत्र उत्साहित देखिएका छन।
सुरुमा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्र ढुंगानालाइ गभर्नर बनाउन प्रस्ताव गर्दा प्रधानमन्त्री केपी ओलिले कुनै अर्को ब्यक्तिको नाम सिफारिस गर्न भनेका थिए। प्रधानमन्त्री ओलिले ढुंगानालाई गभर्नर बनाउन आनाकानी गरेपछि देउवाले भट्टको नाम सिफारिस गरेका थिए। काङ्ग्रेसले आफुलाइ गभर्नर बनाउने संकेत गरेपछि भट्टले नेपाल रास्ट्रबैंकको कार्यकारी निर्देशक पदबाट राजिनामा गरेका थिए। तर उनलाई गभर्नर बन्न नदिनैकालागी कायम मुकायम गभर्नर निलम ढुंगानाले स्वीकृत नगरी राखेकी छ्न।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा ढिला नगर्न, भट्टलाई गर्न समस्या भए ज्ञानेन्द्र ढुंगानालाई गर्न र उनलाई पनि समस्या भए पौडेललाई गर्न प्रस्ताव गरेका थिए। काङ्ग्रेसले पौडेल सहित तीन जनाको नाम सिफारिस गरेपछि सो बैठकमा प्रधानमन्त्री ओलिले पौडेललाई गभर्नर बनाउन कुनै समस्या नभएको भन्दै भोलि सोमबार सम्म प्रक्रिया अघि बढाउने र बुधबार सम्म नियुक्ति गर्ने बचनवद्द्ता जनाएका थिए, बैठकमा सहभागी एक एमाले नेताले बताएका छन् ।
पौडेल गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य हुन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेपछि उनलाई बनाउने भए सिफारिस समितीबाट उनको नाम हटाएर कुनै अर्को ब्यक्तिलाई सिफारिस गर्नपर्ने हुन्छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायतका नेताहरु सहभागी थिए।