शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025
add-top

किन यतिसारो गिजोलिदै छ नेपाल रास्ट्रबैंकको गभर्नर पद?

किन यतिसारो गिजोलिदै छ नेपाल रास्ट्रबैंकको गभर्नर पद?

काठमाडौं । सत्ता साझेदार दल नेपाली काङ्ग्रेसलाई नेपाल राष्ट्रबैंकको गभर्नर नदिने प्रपन्चमा प्रधानमन्त्री केपी शर्मा ओलि लागेपनि पार्टी नेतृत्वले नबुझेको भन्दै काङ्ग्रेस भित्रै असन्तुष्टि बढेको छ।

काङ्ग्रेसलाई गभर्नर दिने सहमति गरेरपनि अनेकन उल्झन सृजनागरि आफ्नो अनुकूलको ब्यक्तिलाई नियुक्ति गर्न प्रधानमन्त्री ओलि लागेको कुरालाई पार्टी नेतृत्वले नबुझ्दा सिङ्गो पार्टीनै आलोचित भएको भन्दै काङ्ग्रेस भित्रैबाट आलोचना भएको छ।

नेपाली कांग्रेसलाई अघि सारेर आफू अनुकूलको ब्याक्तीलाई नियुक्ति गर्ने नयाँ रणनीति प्रधानमन्त्रीले अघि सार्दा पनि काङ्ग्रेस नेतृत्व बिशेश गरेर पार्टी सभापति शेरबहादुर देउवाले नबुझेको भन्दै असन्तुष्ट पक्षले पार्टी नेतृत्व सङ्ग जवाफ माग्ने भएको छ। यसै बिसयमा असन्तुष्ट पक्षले प्रश्न उठाउन थालेपछि गत हप्ता मात्रै पदाधिकारी बैठक राखेर काङ्ग्रेस सभापति शेरबहादुर देउवाले भोलि सोमबार सम्म काङ्ग्रेसले सिफारिस गरेको ब्यक्ति गभर्नर नियुक्ति हुने भन्दै आस्वस्त पारेका थिए।

अनेकन बहाना बनाएर कायम मुकायम गभर्नर निलम ढुंगानालाई गभर्नर बनाउने योजना बनाएका प्रधानमन्त्री ओलिले हिजो सनिवार काङ्ग्रेस नेतासँग बैठक राखेर अहिले सिफारिस समितिका सदस्य बिश्व पौडेललाई गभर्नर सिफारिस गर्न भनेका थिए। राष्ट्रबैंक ऐन २०५८ अनुसार अयोग्य ठहरिने व्यक्तिलाई गभर्नर बनाउन कांग्रेसलाई सिफारिस गर्न लगाएर एमालेका उम्मेदवारलाई नियुक्त गर्ने योजना अन्तर्गत प्रधानमन्त्री ओलिले उक्त जुक्ति अघि सारेका भएपनि काङ्ग्रेस नेतृत्वले त्यो कुरा नबुझ्दा पार्टी आलोचित बन्न पुगेको असन्तुष्ट नेताको आरोप छ।

गभर्नरको बिसयमा पछिल्लो समय मंचन भैरहेको नाटकले प्रधानमन्त्रीको नियत मात्रै उजागर गर्दैन काङ्ग्रेस नेतृत्वको क्षमतामानै गम्भीर प्रश्न उब्जिएको छ, काङ्ग्रेसकै एक उच्च नेताले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, गभर्नर नियुक्तिको विषय रास्ट्रलज्जाको बिषय बन्दा पनि पार्टी सभापति देउवा नबुझेजस्तो गरि बस्नुले अनेकन संसय सृजना गरेको छ।

सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसलाई गभर्नर पद काङ्ग्रेसकोनै हो भन्ने तर कुनै ब्यक्तिको नाम सिफारिस गर्दा अर्को ब्यक्तिको नाम सिफारिस गर्न भन्ने सृन्खला अन्तर्गत अर्थशास्त्री डा. विश्व पौडेलको नाम अगाडि सारिएको उनको तर्क छ। राष्ट्रबैंकका कार्यकारी निर्देशक रहेका डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगर्न आफुले गभर्नर बनाउन खोजेकी निलम ढुंगानालाई लगाएर प्रधानमन्त्री ओलिले काङ्ग्रेसलाई थाङ्नामा सुताउन लागेको उनले आरोप लगाए। भट्ट नभए ज्ञानेन्द्र ढुंगाना बनाउन भन्दा नमानेर ऐनलेनै नमिल्ने पौडेललाई सिफारिस गर्न भन्नू र त्यो कुरा नबुझी पार्टी नेतृत्व मक्ख पर्नुको पछाडिको रहस्यको जवाफ सभापति देउवाले दिनुपर्ने उनको तर्क छ।

गभर्नर सिफारिस समितिको सदस्य डा. पौडेललाई अघि सार्न काङ्ग्रेस सभापति देउवालाई भनेका प्रधानमन्त्री ओलिले गभर्नर नियुक्ति प्रक्रिया केहिदिन पछि सारेर निलम ढुंगानालाई बनाउन खोजेको बताइन्छ। नेपाल राष्ट्रबैंक ऐन २०५८ को दफा २१ को व्यवस्थाले’राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको ब्यक्ति गभर्नर बन्न नसक्ने प्रष्ट ब्यवस्था गरेकाले डा. पौडेललाई गभर्नर बनाए पनि मुद्दा  पर्ने प्रायः निश्चित छ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य रहेका उनी गत संसदीय निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट उम्मेदवार बनेका थिए। बिषयगत हिसाबले डा. पौडेल एक अब्बल अर्थशास्त्री भएपनि
गभर्नर नियुक्त गरिए मुद्दा  पर्ने प्रायः निश्चित अवस्थालाई बुझेरै प्रधानमन्त्री ओलिले उनको नाम सिफारिस गर्न भनेको बताइन्छ।

विश्व