शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025
add-top

पाण्डे बने गभर्नर सिफारिस समितिको सदस्य, अर्को हप्तासम्म मुलुकले नयाँ गभर्नर पाउने!

पाण्डे बने गभर्नर सिफारिस समितिको सदस्य, अर्को हप्तासम्म मुलुकले नयाँ गभर्नर पाउने!

काठमाडौं । लामो समयको खिचातानीपछि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अघि बढेको छ। नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि समिति पुनर्गठन गरिएको छ। पुनर्गठित समितिमा डा पोषराज पाण्डेलाई नियुक्त गरेर समितिलाई पूर्णता दिइएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा रहेने उक्त समितिमा उनकै प्रस्तावमा डा पाण्डेलाई समितिको सदस्यमा नियुक्ति गरिएको छ । यसअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा रहेको उक्त समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य रहेकोमा पौडेलले राजीनामा दिएपछि समितिलाई पूर्णता दिन पाण्डेलाई सदस्यको रुपमा नियुक्ति गरिएको हो।

सुरुमा अर्थमन्त्री पौडेलको नेतृत्वमा रहेको सो समितिमा डा. विजयनाथ भट्टराई सदस्य थिए । तर उनले समितिका संयोजक अर्थमन्त्री पौडेलले एक महिना सम्मपनि बैठकनै नराखेपछी राजीनामा दिएका थिए। अर्थमन्त्री पौडेलले सुरुमा बैठकनै नराखेका भएपनि अहिलेका सदस्य पाण्डे उनकै रोजाइ अनुसार सदस्य भएकाले बैठक राखिने अपेक्षा गरिएको छ।

नेपाली काङ्ग्रेसले सिफारिस गरेको ब्यक्तिलाई गभर्नर बनाउन एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलिले सहमति गरेको र गभर्नर अवकाश हुनभन्दा एक महिना अघि सिफारिस भैसक्नुपर्ने गभर्नर दुई महिना बित्दा समेत नियुक्ति हुन नसकेको बिसयलाई लिएर सरकार र सत्ता साझेदार दलहरूको तीब्र आलोचना भैरहेको कारण अब कुनै बहानाबाजि नगरी तत्काल गभर्नर नियुक्ति हुने अपेक्षा गरिएको छ।

विश्व