मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025
add-top

काङ्ग्रेसलाई गलाएर आफ्नै मान्छे गभर्नर बनाउने प्रधानमन्त्री ओलिको योजना बन्यो प्रतिउत्पादक,सत्ता गठबन्धननै भत्कने अवस्थामा

काङ्ग्रेसलाई गलाएर आफ्नै मान्छे  गभर्नर बनाउने प्रधानमन्त्री ओलिको योजना बन्यो प्रतिउत्पादक,सत्ता गठबन्धननै भत्कने अवस्थामा

काठमाडौं । प्रधानमन्त्री केपि ओलिले सहमति गरेरपनी सत्ता साझेदार नेपाली काङ्ग्रेसलाई नेपाल राष्ट्र बैंकको गभर्नर नदिएर झुक्याउन खोजेपछि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा नेपाली काङ्ग्रेस पुगेको छ।

नेपाली काङ्ग्रेसको सिफारिस अनुसार गभर्नर नियुक्ति गर्ने पटकपटक वचन दिएपनि आज सोमबारका लागि राखेको मन्त्रीपरिषदको बैठकबाट निर्णय नगर्ने सोचमा प्रधानमन्त्री ओलि रहेको थाहा पाएपछि नेपाली काङ्ग्रेसका साम्सदहरुले बैठक बहिष्कार गर्ने सोच बनाएपछि अन्तिममा आएर बैठक स्थगित गरिएको थियो। यो अवस्था संगै वर्तमान गठबन्धन भत्कने अवस्थामा पुगेको छ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलिले गठबंधनको भावना र मर्म बिपरित धेरै पटक झुक्याएपछि नेपाली काङ्ग्रेस उनको नियतमानै खोट रहेको निस्कर्शमा पूगेको छ। यधपी काङ्ग्रेस गभर्नर नपाएका कारण सत्ता छोडेको आरोप अझैसम्मपनि बोक्न नचाहेको कारण वर्तमान ओलि नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्कर्शमा पुग्न सकेको छैन।

एमालेसंग सत्ता सहकार्य गर्न गलत भएको भन्दै आइरहेको असन्तुष्ट पक्ष मात्रै नभएर अहिले पार्टी सभापति सम्बद्ध सस्थापन पक्षले एमालेसंग सत्ता सहकार्य गलत भएको कुरा पटकपटक उठाएका छन। हिजो शनिबार सम्पन्न संसदीय दलको बैठकमा पनि बहुसंख्यक काङ्ग्रेस सम्सदहरुले एमालेसंगको सत्त सहकार्यमा पुनर्बिचार गर्न पर्ने बेला आएको बताएका थिए।

यद्यपि पार्टी सभापति देउवाले अहिलेनै सत्ता छोडेर बस्ने निष्कर्शमा पुग्न नहुने भन्दै सवैलाइ केहिदिन पर्खिन आग्रह गरेका थिए। सो बैठकमा सहभागीले एक संसदका अनुसार प्रधानमन्त्री देउवाले अब केहि दिनमा काङ्ग्रेसको सिफारिस अनुसारको गभर्नर नियुक्ति हुन्छ वा वर्तमान सत्ता गठबन्धन विघटन हुन्छ, केही दिन पर्खिनुस भन्नू भएको छ।

प्रधानमन्त्री ओलि नेपाली काङ्ग्रेसलाई लामो समयसम्म गलाएर आफ्नो अनुकूलको मान्छेलाई गभर्नर बनाउन सफल भए सरकारबाट बाहिरिएपछी पनि गभर्नरलाई प्रयोग गरेर सत्तालाई हल्लाउने दाउमा हुनुहुन्छ, त्यो कुरा नेपाली काङ्ग्रेसले सजिलो संग बुझेको छ र परिपक्क ढंगले ब्यवहारमै जवाफ दिन्छ, ती काङ्ग्रेस नेताले बैठकको निस्कर्श सुनाउदै भने-प्रधानमन्त्री ओलि काङ्ग्रेसलाईनै गठबन्धन तोडेको आरोप लगाएर सत्ताबाट बाहिरिने तर गभर्नर आफ्नो अनुकूलको मान्छेलाई नियुक्ति गर्ने सोचमा भएको देखिएको छ, त्यसको जवाफ परिपक्व ढंगले दिनु पर्दछ।

बिश्व पौडेललाई गभर्नर बनाउने बिसयमा नेपाली काङ्ग्रेस र एमालेका बीचमा सहमति भए लगत्तै प्रधानमन्त्री ओलिले गत बुधबार नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तका लागि तत्काल प्रक्रिया अघि बढाउन अर्थमन्त्री बिष्णु पौडेललाई निर्देशन दिएको बराइएको थियो। यद्यपि गभर्नर सिफारिस समितिका संयोजक समेत रहेका अर्थमन्त्री पौडेलले अहिलेसम्म सिफारिस समितिको बैठकनै राखेका छैनन्। उनले प्रधानमन्त्री ओलिकै निर्देशनमा सिफारिस समितिको बैठक नराखेको बताइएको छ।

विश्व