काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको १८औं गभर्नरको रूपमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।
नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा आङ्गको भेटघाटपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेको हो।
अर्थतन्त्रका ज्ञाता पौडेललाई गभर्नर बनाउने बिसयमा काङ्ग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलिबीच सहमति भएपनि एमाले नेतृत्वको वर्तमान सरकारले गभर्नर नियुक्त गरेको थिएन ।
पौडेललाई गभर्नर नियुक्ति गर्ने सहमति संगै उनी सहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईलाई अर्थमन्त्री नेतृत्वको सिफारिस गरेको थियो ।
नेपाली काङ्ग्रेसको सिफारिस अनुसार अर्थतन्त्रका बिज्ञ पौडेल गभर्नर नियुक्ति भएपछि शेयर बजारका लगानिकर्ता संगै आम उद्धमी ब्यवसायी उत्साही देखिएका छन्।