बिहिबार, फाल्गुन २१, २०८२
Thursday, March 5, 2026

डायस्पोराका सर्वाधिक लोकपृय लामिछाने एनआरएनए जापानको अध्यक्षमा निर्वाचित

डायस्पोराका सर्वाधिक लोकपृय लामिछाने एनआरएनए जापानको अध्यक्षमा निर्वाचित

 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सुभास लामिछाने विजयी भएका छन्। आज भएको निर्वाचनमा भारी मतान्तरका साथ लामिछाने विजयी भएका हुन्। उनले निकटतम् प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई हराउँदै विजयी भएका छन्‌्।

एनआरएनए जापानको २०२३–०२५ को कार्यसमितिमा उपाध्यक्ष रहेका लामिछाने २०२५–०२७ को कार्यकालका लागि स्वतह अध्यक्ष निर्वाचित हुने अपेक्षा रहेको भएपनि चुनावी प्रतिसप्रधा भएको थियो्।

अध्यक्ष निर्वाचित लामिछानेले आफ्‌नो उम्मेदवारी दिने क्रममा एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र निर्माण तथा सञ्चालन, संघको पुनसंरचना, स्मार्ट एनआरएनए लगायतका विषयमा जोड दिएका थिए। एनको यो नारालाई सर्वत्र रुचाईएको थियो ।

अध्यक्ष निर्वाचित भएसँगै संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूले निर्वाचनपूर्व गरेका प्रतिवद्धता पूरा गर्ने बाचा गर्दै आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए। उनी जापालमा माजसेवाका अलवा रेस्टुरेन्ट व्यवसायमा स्थापित छन्।

एनआरएनएको संस्थागत विकास, आर्थिक पारदर्शिता लगायतका कामको सुरूआत गर्ने प्रतिबद्धता वनाएका उनले निःशुल्क जापानिज भाषा र जापानी संघसंस्थाबारे जानकारी गराउने, मनोपरामर्शका कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका योजना समेत अघि सारेका छन्।

विश्व