शुक्रबार, फाल्गुन २२, २०८२
Friday, March 6, 2026

लघुवित्त कम्पनिहरुलाइ मुनाफा वितरणमा लगाइएको १५ प्रतिशतको क्याम्प हटाइदै

लघुवित्त कम्पनिहरुलाइ मुनाफा वितरणमा लगाइएको १५ प्रतिशतको क्याम्प हटाइदै

काठमाडौं । नेपाल रास्ट्रबैंकले लघुवित्त कम्पनिहरुलाइ मुनाफा वितरणमा लगाइएको १५ प्रतिशतको क्याम्प पूर्णरूपमा हटाउनेगरी प्रक्रिया अघि बढाएको छ।

चालू आर्थिक बर्षको मौद्रिक नीति मार्फत पुनरावलोकन गर्ने बताएको केन्द्रिय बैंकले मुनाफा वितरणमा लगाइएको क्याप प्रक्रियासङ्गत नभएको निश्कर्श निकाल्दै  १५ प्रतिशतको क्याम्प पूर्णरूपमा हटाउनेगरी प्रक्रिया अघि बढाएको हो।

लघुवित्त कम्पनीलाई लगाइएको १५ प्रतिशतको क्याम्प बैज्ञानिक नभएको कारण यसलाई पुनरावलोकन गर्ने भनिएको थियो, अहिले त्यसलाई पूर्णरूपमा हटाउनेगरी प्रक्रिया अघि बढाइएको छ, केन्द्रीय बैंकका एक उच्च अधिकारीले भने, अब तत्काल निर्देशन मार्फत गर्नेकी मौद्रिक नीतिको पहिलो समिक्षा मार्फत गर्ने भन्ने विषयमा छलफल भैरहेको छ।

ती अधिकारीका अनुसार लघुवित्त कम्पनीको क्यापको सन्दर्भमा सिफारिस गर्न बनेको आन्तरिक समितिले तत्काल पूर्णरूपमा हटाउन उपयुक्त हुने, नभए १५ प्रतिशतलाई बढाएर २५ प्रतिशात पहिलो समिक्षामा र दोश्रोमा पूर्णरूपमा गर्न सकिने भनी सुझाव दिएको छ। क्याम्प पूर्णरूपमा हटाइएपनि केही नकारात्मक असर नपर्ने भन्ने निश्कर्श सो समितिको भएकाले गभर्नर बिश्व पौडेल पनि पूर्णरूपमा हटाउने पक्षमा हुनुहुन्छ, ती अधिकारीले भने।

विश्व