शुक्रबार, फाल्गुन २२, २०८२
Friday, March 6, 2026

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

​काठमाडौं — धादिङमा सोमबार बिहान भएको दर्दनाक बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

​पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रीवाहक बस पृथ्वी लोकमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–५, भैँसेगौडास्थित त्रिशूली नदीमा सोमबार बिहान करिब १:३० बजे खसेको प्रहरीले जनाएको छ।

​दुर्घटनालगत्तै उद्धार कार्य तीव्र पारिएको छ। सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन बेस, आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ। साथै, विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली पनि परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिएका छन्।

​उनका अनुसार १७ जनाको शव घटनास्थलमै फेला परेको छ। घाइते २४ जनालाई उद्धार गरी उपचारका लागि नजिकका विभिन्न अस्पतालमा पठाइएको छ। मृतक तथा घाइतेको पहिचान (सनाखत) गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

​दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

विश्व