मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले दलिदियो जनक शिक्षाका प्रबन्ध निर्देशिक झालाई कालोमोसो

विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले दलिदियो जनक शिक्षाका प्रबन्ध निर्देशिक झालाई  कालोमोसो

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शुक्रबार जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई कालोमोसो दलेको छ ।

समाूदायिक बिद्यालयका पाठ्यपुस्तक समयमै छपाई सम्पन्न नगर्दा बिद्यार्थीहरुले अहिले सम्मपनि पाठ्यपुस्तक पाउन नसकेको र भ्रष्टाचारजन्य गतिविधि गरेको लगायतका आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरुले कालोमोसो दलेका हुन् ।

विभिन्न ६ बुँदे आरोपसहित जनकशिक्षाको सानोठिमी स्थित कार्यालयमा गएका विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरुले झालाई उनकै कार्यकक्ष भित्र प्रवेश गरेर कालोमोसो दलेका थिए ।

आरोपपत्रमा राजधानी लगायत देशैभरी पाठयपुस्तकको अभाव सृजना गराएर जनताका छोराछोरीको भविष्यमाथि चरम खेलवाड गरेको, कागज खरिद लगायतका कार्यमा अनियमितता गरेको, अनाधिकृत मिलेमोतोमा जनक शिक्षा सामाग्री केन्द्रलाई डुवाउने काममा लागेको जस्ता आरोप लगाएको छ ।

बिगतका बर्षहरुमा निजी मुद्रण उद्योगहरुलाई दिईदै आएको पाठ्यपुस्तक छपाईको कार्यलाई खोसेर जनकशिक्षाले थप जिम्मा लिँदा समयमै पाठ्यपुस्तक छपाई तथा बितरण गर्न नसकिएको हो ।
कक्षा एक देखि तीन सम्म बाहेक सबै समाूदायिक बिद्यालयका पाठ्यपुस्तक छपाईका लागि जनकशिक्षाले जिम्मा लिएको छ । बिगतका बर्षहरुमा कक्षा आठ सम्मका पाठ्यपुस्तक छपाई तथा बितरणका लागि निजी क्षेत्रलाई जिम्मा दिईएको भएपनि यस बर्षदेखि तीन कक्षामा सिमित गरिएको थियो ।

शैक्षिकसत्र सुरु भएको झण्डै तीन महिना सम्म पनि पाठ्यपुस्तक बिदार्थीको हातमा पुग्न नसकेको एथार्त काठामाडौंमै रहेको बिषयमा संसदमा समेत आवाज उठेको छ । यद्यापी जनक शिक्षा सामग्री केन्द्रले कहिले जिल्ला सदरमुकाम सम्म पाठ्यपुस्तक पुगेका भएपनि विद्यालयहरुले नलगेका कारण अभाव देखिएको त कहिले रसिया र युक्रेनको युद्धले गर्दा समयमै पाठ्यपुस्तक छपाउन नसकिएको बताउँदै आएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले जिम्मेवारी अनुरुपका पाठ्यपुस्तक छपाई तथा बितरण समयमा गर्न नसक्ने बिगतका उदाहरणले प्रष्ट पार्ने भएपनि शिक्षा मन्त्रालय लगायतका जिम्मेवार निकायका अधिकारीहरु यस बिषयमा गम्भिर नबन्दा बर्षेनी समस्या दोहोरिरहेको सरोकारवालाहरुको भनाई रहेको छ ।

पाठ्यपुस्तक छपाई तथा बितरण समयमा गर्न जनक शिक्षा सामग्री केन्द्रले नसकेपछि हाहाकारको अवस्था आएको फाईदा उठाउँदै कतिपय निजी मुद्रक तथा बितरकले आफूले स्विकृति पाएको भन्दा माथिल्लो कक्षाका पाठ्यपुस्तक समेत छपाई तथा बितरण गरेको पाईएको छ ।

आफ्नो अकर्मयन्यतालाई लुकाउन जनक शिक्षा लगायत सरकोकार वाला निकायका अधिकारीहरु यस बिषयमा आँखा चिम्लँदा राजश्वमा नोक्सानी समेत भएको छ । पाठ्यपुस्तक तोकिएको गुणस्तरमा नछापेर मिलेमोतोमा अनियमितता भएको समेत आरोप लगाईएको छ ।

 

विश्व