काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिएकाछन् ।
आफ्नै दल कन्जरभेटिभबाट सरकारमा सहभागि मन्त्री र सांसदहरुले धमाधम राजिनामा दिएपछि दबावमा परेका जोनसनले बिहिबार राजिनामाको घोषणा गरेका हुन् ।
प्रानमन्त्रीको कार्यलय डाउनिङ स्ट्रिटलाई संवोधन गर्दै प्रधानमन्त्री जोनसनले राजिनामा गरेको बिभिन्न संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
करिव ५० जना आफ्नै सहकर्मीहरुले राजिनामा गरेपछि प्रधानमन्त्री नोनसनलाई राजिनामा गर्नका लागि चर्को दवाव परेको थियो । प्रधानमन्त्री जोनसन बिवादमा फसेको कारण देखाउँदै कन्जरभेटिभका सांसदहरुले समेत राजिनामा मागेका थिए ।