मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्यो कक्षा १२ को नतिजा

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्यो कक्षा १२ को नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिएको कक्षा १२ को बोर्ड परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ ।
कूल तीन लाख ९६ हजार १ सय ८५ जना विद्यार्थी परीक्षामा सहभागी बिद्यार्थीहरु मध्ये ४ हजार १ सय ७९ जनाले ३।६ देखि ४ जिपिए ल्याएका छन् ।

त्यस्तै ३० हजार १सय ७ जनाले ३।२ देखि ३।६ जिपिए ६५ हजार ८ सय ८४ जनाले २।८ देखि ३।२० जिपिए, ६४ हजार ९३ जनाले २।४ देखि २।८ जिपिए र १० हजार ९ सय जनाले २।१ देखि २।४ जिपिए, ३५ जनाले १।६ देखि २ जिपिए ल्याएका छन् भने नन ग्रेडङ तर्फका बिद्यार्थीको संख्या १ लाख ३० हजार ८सय ७८ रहेको छ ।

यस पटक बोर्डले नन ग्रेडिङको ब्यवस्था अनुसार नतिजा प्रकाशन गरेको छ । जस्मा प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा कम अंक ल्याएका विधार्थिले पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

परिक्षाको नतिजा बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov. np/result बाट हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर तथा आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

विश्व