मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

इन्डोनेसियाको पूर्वी जाभा प्रान्त स्थित कान्जरुहान स्टेडियममा फुटवल खेलको क्रममा भड्किएको हिंसामा परी १२९ जनाको मृत्यु, करिव २०० जना घाईते

इन्डोनेसियाको पूर्वी जाभा प्रान्त स्थित कान्जरुहान स्टेडियममा फुटवल खेलको क्रममा भड्किएको हिंसामा परी १२९ जनाको मृत्यु, करिव २०० जना घाईते

काठमाडौं । इन्डोनेसियाको पूर्वी जाभा प्रान्त स्थित कान्जरुहान स्टेडियममा दुई फुटवल टोलबिच खेलको क्रममा शनिबार भएको भिडन्त र भागदौंडमा परी कम्तिमा पनि १२९ जनाको मृत्यु भएको छ भने करिव २०० जना घाईते भएका छन् ।

अरेमा एफसी र पर्सेबाया सुराबाया फुटवल टोली बिच चलिरहेको खेलमा अरेमा टोलीले हारेपछि सो टोलीका फ्यानहरु आक्रोशित भएर मैदानमा आएका कारण भड्किएको भिडन्त र भागदौडमा परी दुई प्रहरी सहित १२९ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टी गरेको छ ।

समाचार एजेन्सीहरुका अनुसार ३४ जनाको रंगशालामा र बाँकीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाईतेहरु मध्ये केहीको अवस्था गम्भिर रहेका कारण मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

इन्डोनेसियाको फुटबल संघ (पिएसएसआई) ले एक बिज्ञप्ती जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । साथै पिएसएसआइले अरेमाका समर्थकहरूका कारण घटना घटेको भन्दै छानबिनको माग समेत गरेको छ ।

विश्व