रमिला कुवँर आचार्य
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य (युके) को आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकलाई बधाई दिनुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत मंगलबार प्रधानमन्त्री देउवाले युके को आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित कन्जरभेटिभ पार्टीको नेता सुनकलाई बधाई दिनुभएको हो ।
नेपाल र युकेबीचको लामो र ऐतिहासिक सम्वन्ध रहेको उद्यदेख गर्दै प्रधानमन्त्री देउवाले आफू युकेसंगको सम्बन्धलाई अगाडि बढाउन र उनीसँग सहकार्य गर्न तत्पर रहेको समेत शन्देशमा उल्लेख गर्नुभएको छ ।