मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

एनआरएनको चुनावी सरगर्मी ह्वात्तै बढ्यो, त्रि पक्षीय भिडन्त हुने निश्चित

एनआरएनको चुनावी सरगर्मी ह्वात्तै  बढ्यो, त्रि पक्षीय भिडन्त हुने निश्चित

काठामाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) संघको १० औं महाधिवेशनको मिति अझैसम्म निश्चित हुन नसकेको भएपनि चुनावी सरगर्मी भने ह्वात्तै बढेको छ । अध्यक्षमा त्रि पक्षीय भिडन्त हुने भएकाले पनि यस पटकको एनआरएनको चुनावले नेपालमा मात्र नभएर बिश्व जगतमा चर्चा पिटेको अवस्था छ ।

नयाँ नेतृत्वको लागि अमेरिकामा बस्दै आउनु भएकी रविना थापा, रूसका बस्दै आउनु भएका बद्री केसी र बेलायतमा बस्दै आउनु भएका कुल आचार्यले आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ ।  थापा र केसी वर्तमान कार्यसमितिका उपाध्यक्ष हुनुहुन्छ आचार्य वर्तमान कार्यसमितिका सल्लाहकार हुनुहुन्छ।

अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेसंगै कसको प्यानलमा को रहने भन्ने बिषयले समेत यतिखेर चर्चा पाईरहेको छ र प्यानल बनाउने प्रयासहरु समेत भईरहेका छन् । अधिवेशन प्रतिनिधि छनोटका बिषयमा समेत बिभिन्न स्थानहरुमा त्रि पक्षीय भिडन्त भईरहेका खवरहरु समेत आईरहेका छन् । आगामी अक्टोबर २० मा चुनाव हुने भनिएको भएपनि अहिले सम्म विवादकै कारण मिति निश्चित गरिएको छैन ।

सर्वोच्च अदालतको हालैको एक फैसालाले परराष्ट्र मन्त्रालयलाई एनआरएनको चुनावमा हस्तक्षेप गर्न बाटो खोलाईदिएको छ। समयमै निर्वाचन गर्न नसक्नेगरी विवाद भईरहेमा परराष्ट्र मन्चालयले हस्तक्षप गर्न सक्ने आंकलन गरिएको छ । यद्यापी यस बिषयमा मन्त्रालयले अहिले सम्म कुनै चाँसो देखाएको वा कदम चालेको अवस्था भने छैन ।

उम्मेद्वारहरुले चुनाव जसरी पनि जित्ने ध्यय अन्तर्गत अहिले बिभिन्न चुनावी एजेण्डाहरु अघि सार्दै प्रचार प्रसार गर्ने, बिभिन्न शक्ति केन्द्रको आड लिनका लागि प्रयास गर्ने लगायतका गतिविधिहरुलाई अगाडि बढाई रहेकाछन् ।

विश्व