काठमाडौ । प्रधानमन्त्री शेर बहादुर देउवाको आमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनु हुने भएको छ । तिहार लगत्तै दुबै देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरुले भ्रमणको मिति र एजेण्डा तय गर्ने बताईएको छ ।
भारतीय प्रधानमन्त्री मोदिको भ्रमण कहिले हुने भन्ने बिषयमा अहिलेनै निधो भईनसकेको भएपनि एक महिना भित्र हुन सक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले अनुमान गरेकाछन् ।
कोप २६ विश्व शिषर सम्मेलको क्रममा बेलायत भ्रमणको समयमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीका बीचमा भएको भेटघाटमा आपसी भ्रमणकालागि निम्ता गरिएको थियो । भारतीय प्रधाानमन्त्री मोदीको भ्रमण लगत्तै प्रधानमन्त्री देउवाले पनि भ्रमण गर्ने बताईएको छ ।