मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यार्थीले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन दियो सरकारलाई निर्देशन

संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यार्थीले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन दियो सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यार्थीले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शोमबार बसेको बैठकले आगामी शैक्षिक सत्रमा सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको उक्त बैठकमा अन्य सरोकारवालाहरुलापनि आमन्त्रण गरिएको भनिएपनि पाठ्यपुस्तक छपाई तथा बितरणका लागि प्रमुख जिम्मेवार रहेका निजी मुद्रण उद्योगी तथा ब्यवसायको भने प्रतिनिधित्व गराईएको थिएन ।

आगामी शैक्षिक सत्रमा सबै विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्नका लागि समितिबाट निर्देशन हुनु सकारात्मक भएपनि के कति कारणले विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउन सकिरहेका छैनन् र त्यसको सुनिश्चितताका लागि के के गरिनुपर्दछ भन्ने बिषयमा सराकोरवालाहरुबीच गहन छलफलनै हुन नसकेको कारण उक्त निर्देशन केवल औपचारिकता पूरा गर्नका लागि मात्र भएको मुद्रण ब्यवसायीहरुको आरोप रहेको छ ।

“सरकारले सामूदायिक विद्यालयका कक्षा पाँच सम्मका पाठ्यपुस्तक छपाई तथा वितरणका लागि निजी क्षेत्रलाई जिम्मा दिनेभनी भरखरै गरेको निर्णय सकारात्मक भएपनि पर्याप्त छैन,” नेपाल मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष पुस्कल गौतमले भने “समयमै बिद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने कुराको सुनिश्चित गर्न पाठ्यपुस्तक छपाई तथा वितरणका लागि ईच्छुक मुद्रण उद्योगी तथा ब्यवसायीहरुलाई समयमै सूचिकृतगरि भरसक बिद्यालय तहका सबै नभए कक्षा आठ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाई तथा बितरणको लागि जिम्मा दिनुपर्दछ ।”

विश्व