काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहने छ ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगतका ६२ वटा आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसहरुमा नेतृत्व चयनका लागि एकै पटक मतदान सुरु हुने भनिएपनि केही क्याप्मसहरुमा आन्तरिक विवादका कारण मतदान स्थगित भएको छ ।
करिब १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा हुन सक्ने सम्भाव्य झडपलाई लक्षित गरेर ठूलो संख्यामा सुरक्षकर्मीको परिचालन गरिएको छ ।
स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने तथा उपाध्यक्ष, सहसचिव सहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुने ब्यवस्था रहेको छ ।