मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

यस वर्षको एसइई सुरु, जापानको एक सहित दुई हजार ३७ परीक्षा केन्द्रबाट ४ लाख ८४ हजार २२७ जनाले परीक्षा दिदै

यस वर्षको एसइई सुरु, जापानको एक सहित दुई हजार ३७ परीक्षा केन्द्रबाट ४ लाख ८४ हजार २२७ जनाले परीक्षा दिदै

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सम्मगरी तिन घण्टा सम्म सञ्चालन हुने परीक्षा यही २९ गते सकिने छ ।

यस वर्ष एसइइ परीक्षा दिनका लागि ४ लाख ८४ हजार २२७ जनाले फाराम भरेको र परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी जम्मा दुई हजार ३७ वटा परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसैगरी परीक्षालाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन करिव ७८ हजार जनशक्ति परिचालन गरिने पनि राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सरकारले यस बर्ष परीक्षालाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउनका लागि भन्दै प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ भने प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्न पत्र गरी जम्मा ५० लाख सेट प्रश्न पत्र छपाइ गरिएको जनाएको छ ।

जापानको राजधानी स्थित टोकियोको एक शैक्षिक संस्थामा रहेको परीक्षा केन्द्रबाट १४ जनाले परीक्षा दिने र उनिहरुलाई ईमेलबाट प्रश्न पत्र पठाउने पनि बोर्डले जनाएको छ ।

विश्व