मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोग उपरको पहिलो दिनको सुनुवाइ सकियो, अर्को सुनुवाई डिसेम्बर ४ मा

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोग उपरको पहिलो दिनको सुनुवाइ सकियो, अर्को सुनुवाई डिसेम्बर ४ मा

काठमाडौँ । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोग उपरको पहिलो दिनको सुनुवाइ मंगलबार सकिएको छ । अब अर्को सुनुवाइ डिसेम्बर ४ मा हुने छ ।

अन्तराट्रिय संचार माध्यमहरुका अनुसार ट्रम्पलाई म्यानहटन अदालतका न्यायाधीश जुआन मर्चनले आगामी ४ डिसेम्बरमा अर्को सुनुवाइको मिति तोकेका हुन् ।

सो अदालतले ४ डिसेम्बरमा पनि ट्रम्प अदालतमा आफै उपस्थित हुनुपर्ने र भियोजन पक्षले सेप्टेम्बर १९ सम्ममा जवाफ दिन सक्ने निर्णय पनि सुनाएको छ ।

मंगलबार आफै म्यानहटन अदालतमा उपस्थित भएका ट्रम्पलाई लगत्तै न्यायिक हिरासत लिईएको थियो ।

निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध बिभिन्न ३४ आरोप लागेका छन् । पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको र ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

पूर्व राष्ट्रपति उपर यति धेरै आरोप लागेको अमेरिकी ईतिहासमै पहिलो भएको बताईन्छ । यद्यपि पूर्व राष्ट्रपति ट्रम्पले आफूमाथि लागेका आरोपलाई पूर्णरुपमा अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा आफ्ना वकिलहरुसंगै बयान दिने क्रममा पनि उनले आफूले कुनै अपराध नगरेको जिकिर गरेका थिए ।

ट्रम्प न्युयोर्कको म्यानहटन अदालतमा उपस्थित भईरहँदा उनका समर्थकहरुले विरोध प्रदर्शन गर्न थालेपछि ठूलो संख्यामा प्रहरीको परिचालन गरिएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई गिरफ्तार गरेको जनाईएको छ ।

विश्व