बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024
add-top

उपनिर्वाचनका लागि चितवनमा नेपाली कांग्रेस एकढिक्का, बिगतमा बिद्रहो गरेकाहरुलेनै गरे कांग्रेसक उम्मेद्वारलाई जिताउन अपिल

उपनिर्वाचनका लागि चितवनमा नेपाली कांग्रेस एकढिक्का, बिगतमा बिद्रहो गरेकाहरुलेनै गरे कांग्रेसक उम्मेद्वारलाई जिताउन अपिल

काठमाडौँ । उपनिर्वाचनका लागि चितवनमा नेपाली कांग्रेस एकढिक्का हुने भएको छ । गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भने सहयोगी बन्ने भएका छन् ।

गत निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट गठबन्धनको आधिकारीक उम्मेद्वार विरुद्ध उम्मेदवारी दिएर विद्रोह गरेका दिनेश कोइराला, पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले शनिबार एक संयुत्त बिज्ञप्ती प्रकाशित गर्दे चितवन क्षेत्र न.ं २ मा प्रतिनिधि सभा सदस्यका लागि हुन गईरहेको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताउन अपील गरेका छन् ।

नेपाली कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएकाले आफूहरू कांग्रेसका उम्मेदवारको पक्षमा उभिएको उल्लेख गर्दै कांग्रेसका उम्मेदवार श्रोष्ठलाई जिताउन एक ढिक्का हुनका लागि अपिल समेत गरेका छन् ।

 

विश्व