काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही वैशाख महिनाको अन्तिमा दक्षिण छिमेकी मूलुक भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।
भ्रमणको मिति औपचारिक रुपमा अझै तय गरिनसकिएको भएपनि यही वैशाख महिनाको अन्तिमा भारतको भ्रमण गर्ने बिषयमा दुवै देशका अधिकारीहरुबीच समहती भएको बताईएको छ ।
प्रधानमन्त्रीको रुपमा पछिल्लो पटक नियुक्त भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले भारतको पहिलोपटक औपचारिक भ्रमणमा गर्न लागेका हुन् ।
प्रधानमन्त्री दाहालको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट थालनी ग।िनुलाई कुटनीतिक र राजनीतिक वृतमा चासोको रुपमा हेरिएको छ ।
भ्रमणका क्रममा महत्वपूर्ण सम्झौता हुन सक्ने भनिएको भएपनि के के बिषयमा छलफल हुने र के के बिषयमा सम्झौता हुने भन्ने बिषयमा अहिले सम्म खुलाईएको छैन ।