मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित, अन्तराष्ट्रिय रंगमञ्चमा नेपालको छवि उचो बन्न सहयोगी बन्ने अपेक्षा

नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित, अन्तराष्ट्रिय रंगमञ्चमा नेपालको छवि उचो बन्न सहयोगी बन्ने अपेक्षा

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बिहीबार भएको मतदानमा नेपाल एक सय ४५ मतसहित विजयी भएको छ । नेपालले प्रप्त गरेको यो मत एसिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक हो।

बिहीबारको मतदानमा नेपाल, बेलायत, जर्मनी, फ्रान्स, स्पेन लगायत कुल १८ देश संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएका छन्।

यस संगै नेपाल अब सन् २०२४ देखि २०२६ सम्मका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्य रहने छ । आगामी २०२४ को जनवरीबाट यी नयाँ सदस्य राष्ट्रले काम गर्नेछन्।

सन् २०२६ देखि मध्यमस्तरको विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुनका लागि रणनीतिकरूपमा अगाडि बढिरहेको नेपाल आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित हुनुलाई महत्त्वपूर्ण रुपमा ह्सरएको । यस बिजयले नेपाललाई अन्तराष्ट्रिय रंगमञ्चमा छवि उचो बनाउन सहयोगी बन्ने अपेक्षा गरिएको छ ।

 

विश्व