महेन्द्र क्षेत्री
काठमाडौं । केही महिना यता तरलताको सहजतासंगै बैक तथा वित्तिय संस्थाहरुले नयाँ क्रृणिहरुलाई बोलाई बोलाई १२ प्रतिशत भन्दा कम ब्याजमा क्रृण प्रवाह गरिरहेका भएपनि तरलता अभावको समयमा पहिलानै सम्झौता गरेका पुराना क्रृणीहरुलाई भने झण्डै १५ प्रतिशत अर्थात नयाँ क्रणीले भन्दा करिव ३ प्रतिशत बढी ब्याज असुलीरहको पाईएको छ ।
नयाँ क्रृणिहरुलाई भन्दा पुराना क्रृणिहरुलाई महंगो ब्याज असुली गर्नु पुराना क्रृणिहरुप्रतिको अन्याय मात्र नभएर बंैकिङ्ग मुल्य मान्यता विपरित समेत हुने भएपनि बैंक तथा वित्तिय संस्थाहरुले खुलमखुला रुपमा महंगो ब्याज असुली गर्दापनि नियामक निकाय नेपाल राष्ट्र बैंक र सरकार मौन बसेको छ । केही बैक तथा वित्तिय संस्थाहरुले तरलता सहजता पछि नयाँ क्रृणिहरुलाई सस्तो ब्याजमा क्रृण दिईरहेको समयमा समेत पुराना क्रृणिहरुको क्रृणको नविकरणको सम्झौता गर्दा पुरानो सम्झौता अनुसार महंगोमा सम्झौता गराई पछि घटाउने आश्वासन दिएर पनि नघटाएको गुनासो गरेका छन् ।
बैकका तथा वित्तिय संस्थाका उच्च अधिकारीहरुसंग ब्यक्तिगत सम्वन्ध राख्ने एकाध पुराना क्रृणिहरुबाहेक पुराना प्रया सबै क्रृणिहरुलाई महंगोमा ब्याज असुली गरिएको पाईएको छ । यस बिषयमा नियामक नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई प्रष्ट जानाकारी भएपनि मिलेमोतोमा सुनुवाई नगरी पुराना क्रृणिहरुलाई महंगो ब्याज असुली गर्नका लागि छुट दिईरहेको आफूलाई पुरानो क्रृणि बताउने एक जनाले बताएका छन् ।
नयाँ क्रृणिलाई भन्दा पुराना क्रृण्लिाई महंगो ब्याज लिईएको गुनासोको बिषयमा बुझ्न काठमाडौंको नयाँ बानेश्वर स्थित एक बैकको शाखामा पुग्दा भेटिएका एक क्रृणिले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने “तिजमा श्रीमतीको गहना बन्धक राखेर होस वा छोराछोरीको गास कटाएर खाई नखाई गरेर बिगत चार बर्षदेखि नियमित रुपमा ब्याज बुझाईरहेको छु, तर मलाई आज नयाँ क्रृणि भन्दा तिन प्रतिशत बढी ब्याज असुलिएको छ,, यो त अत्याचारनै भयो भन्नका लागि आज फेरि पनि बैकमा आएको हुँ तर कुनै सुनुवाईनै भएन।”
नयाँ क्रृणि बराबर ब्याज लिन आग्रह गर्दा शाखा प्रमुखले यो बिषय आफ्नो हातमा नभएर सिईयोको हातमा हुने भन्दै निरिहता देखाएपछि धेरै दिन धाएर आफूले यस अघि सिईयोलाई भेटेको तर उक्त भेटमा सिईयोले तपार्ईलाई यहाँ कस्ले पठाएको हो भन्ने प्रश्न गर्दै ब्जाज घट्दैन, महंगो ब्याज तिर्न मन नलगे तुरुन्त क्रृण तिरे हुन्छ भन्दै तुच्छ सब्दमा हकारेको समेत ति क्रृणिले गुनासो गरे । साथै उनले नयाँलाई भन्दा पुराना क्रृणिलाई महंगो ब्याज असुली गरेर गरेको विभेदको बिषयमा कतैबाट पनि सुनुवाई नभएपछि आफ्नो नाम बाहिर नआउनेगरि वकिल मार्फत अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेको समेत बताए ।