मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

यही आउँदो शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने

यही आउँदो शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने

 

काठमाडौं । यही कात्तिक ११ गते अर्थात आउँदो शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शनिबार राति १ः१९ बजे खण्डग्रास चन्द्रग्रहण लाग्ने छ ।

राति १ः१९ बजे चन्द्रग्रहण लाग्ने भएपनि सुतक भने दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने र रातिनै २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यो चन्द्रग्रहण २०८० सालको पहिलो र अन्तिम भएको बताईएको छ । गत वर्ष पनि कार्तिक २२ गते चन्द्रग्रहण लागेको थियो । यसैगरि गत बर्षको कात्तिक ८ गते सूर्यग्रहण लागेको थियो ।

चन्द्रग्रहण लाग्ने दिन शनिबार दिउँसो ४ः१९ बजेदेखि भोजन गर्न नहुने तर अन्य नित्य कर्म भने गर्न हुने बताईएको छ ।

ग्रहण लागेका समयमा दीक्षा मन्त्र लिन स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिने भएकाले सकेसम्म तीर्थ स्थलमा, नसके नजिकको नदी, ताल, तलाउ, पोखरी वा घरमै स्नान गरेर ति कर्म गरे राम्रो हुने सुझाव सम्वद्ध विज्ञहरुको छ ।

 

विश्व