मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

भूकम्प पीडित स्थानीयलाई रोगब्याधिको पनि समस्या, घाईते, बुढाबुढी, सुत्केरि, गर्भवति र वालबच्चाहरु बढी प्रभावित

भूकम्प पीडित स्थानीयलाई रोगब्याधिको पनि समस्या, घाईते, बुढाबुढी, सुत्केरि, गर्भवति र वालबच्चाहरु बढी प्रभावित

जाजरकोट। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६।४ म्याग्निच्युडको भूकम्पले जाजरकोटसहित छिमेकी जिल्ला रुकुम पश्चिम र अन्य आसपासका जिल्लाहरुमा समेत पुराएको ठुलो धनजनको क्षति ब्यहोरेका जीवित स्थानीयहरुलाई यतिखेर रोगब्याधिले समेत सताउन थालेको छ ।

सरकारले भूकम्पमा घाइतेहरूको उपचार निःशुल्क गर्ने घोषणागरेपनि कतिपय घाईतेहरुले अहिले सम्म पनि घाउचोटको उपचार पाउन सकिरहेका छैनन् । घाईतेहरुको उद्धारसँगै राहत सामाग्री वितरण गर्न प्रभावित क्षेत्रमा खटिरहेकाहरुले घाइतेको आकस्मिक उपचार गरिरहेका भएपनि उपचार प्रयाप्त नभएको पीडित स्थानीयको गुनासो छ ।

यसैगरि भूकम्प प्रभावित क्षेत्रका बासिन्दाहरु आफ्ना घर टहरासंगै सार्वजनिक भवन र स्थानीय विद्यायहरु समेत भत्किएका कारण घरबाहिर खाली स्थानमानै सामूहिक रूपमा बस्न बाध्य भएकाले चिसोका कारण कतिपयलाई रुघाखोकि र ज्वरोको समस्या देखिईसकेको छ । यसबाट सबैभन्दा बढी भुकम्पमा घाईते भएका, बुढाबुढी, सुत्केरि, गर्भवति र वालबच्चाहरु प्रभावित भएका छन् ।

यसैगरि सामूहिक रूपमा बासिरहेकाहरुको लागि सौचालय नभएको कारण बाहिरै शौच गरिरहेको र गोठ तथा टहरामा पुरिएर मरेका पशुपंक्षिको उचित ब्यवस्थापन नभएका कारणले दुर्गन्ध फैलन थालेको भन्दै यहि अवस्था केही दिन लम्विए हैजा, झाडा पखाला लगायतका प्रकोप फैलिन सक्ने समेत सम्भावना देखिएको छ ।

 

विश्व