काठमाडौँ । आज छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजाआजा गरी उल्लासपूर्वक मनाइँदैछ ।
छठ पर्वको मुख्य दिन अर्थात तेस्रो दिन धार्मिक परम्पराअनुसार आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिइन्छ । छठ पर्वको चौंथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर विधिपूर्वक अन्त्य गरिने गरिन्छ ।
तराई–मधेसका सबै जिल्ला लगायत काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
षष्ठी भगवतीको पूजाअर्चना गरीने यो पर्व विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, पुत्र, पति र परिवारको कल्याण हुने जनविश्वास रहेको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल, निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति एर्व पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे लगायतले छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गरेकाछन् ।