मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

फिलिपिन्सको पूर्वी क्षेत्र मिन्डानाओ टापुमा गयो ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

फिलिपिन्सको पूर्वी क्षेत्र मिन्डानाओ टापुमा गयो ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मनिला । फिलिपिन्सको पूर्वी क्षेत्र मिन्डानाओ टापुमा गय राति शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ३७ मिनेटमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो ।

अमेरिकी भौगर्भिक सर्वे (यूएसजीएस) ले हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा पर्ने सो टापुको ३२ दशमलब ८ किलोमिटर गहिराइमा भुकम्प गएको हो ।

भूकम्पको धक्का फिलिपिन्समा मात्र नभएर इन्डोनेसिया समेत महसुस गरिएको बताईएको छ । सो भुकम्पका कारण टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा सुनामी आउन सक्ने भन्दै सचेत गराईएको छ ।

 

विश्व