काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्धको निर्णय विरुद्ध दायर भएको रिट निवेदनहरुमाथि आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
सरकारको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदन उगर आजदेखि एकमुष्ठ सुनुवाइ हुन लागेको हो ।
रिट निवेदकहरुले अन्तरिम आदेश माग गरेका भएपनि सर्वोच्च अदालतले यस अघि अन्तरिम आदेश दिन अस्विकार गरेको थियो । यद्यपी सर्वोच्च अदालतले यस मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाइका लागि आजको मिति तोकेको थियो ।
सरकारले टिकटकले सामाजिक सद्भाव र मर्यादामा आँच आएको भन्दै प्रतिबन्ध लगाएको थियो । तर रिट निवेदकहरुले भने सरकारले प्रतिवन्ध लगाएर नागरिकको नैसर्गिक अधिकारलाई संकुचित पारेको दावी गरेका छन् ।