काठमाडौं । वर्तमान सत्ता गठबन्धन अन्ततः भत्किएको छ ।
वर्तमान् सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सत्ता साझेदार नेपाली कांग्रेस लगायतका दलहरुसंगको साझेदारितालाई तोडेर नेकपा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलहरुलाई समावेश गरेर मन्त्रिपरिषद पुनर्गठन गर्ने भएपछि वर्तमान सत्ता गठबन्धन भत्किएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुस्पकमल दाहालले आजै गत वर्षको पुस १० गते बनाईएको गठबन्धनलाईनै ब्युँताएर नयाँ मन्त्रिपरिषद गठन गर्दैछन् ।
यस समिकरणमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।