काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउन लागेका हुन् ।
नेपालको दुई दिने औपचारिक भ्रमणमा आउन लागेका भारतीय विदेश सचिव विक्रम मिश्रीले विभिन्न दलका उच्च नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको बताईएको छ । यद्यपी कहिले कोसंग घेटघाट गर्ने भन्ने बिषयमा आझै औपचारिक रुपमा जानाकारी गराईएको छैन ।
नेपालमा नेपाली कांग्रेस र एमालेले गठबन्धनको सरकार बनाएपछि पहिलो पटक छिमेकी मूलुक भारतबाट गर्न लागिएको यस उच्चस्तरीय भ्रमणलाई राजनीतिक रुपमा समेत महत्वपूर्ण रुपले हेरिएको छ ।
भारतीय विदेश मन्त्रालयले सचिव मिश्रीको यो भ्रमणलाई ‘छिमेकी पहिलो नीति’ अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता भनेको छ ।