काठमाडौं । सहकारीको रकम अपचलन गरेको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले आज शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निवर्तमान् गृहमन्त्री रवि लामिछानेसँग बयान लिने भएकोछ ।
सांसद सूर्य थापाको नेतृत्वमा बनेको छानविन समितिले सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसंग बयान लिन लागेको हो । बयानका लागि समितिले हिजो बिहिबारनै पत्र काटेको बताईएको छ ।
लामिछानेमाथि सरकारीको रकम अपचलनको आरोप लागेपछि संसदीय छानबिन समिति बनाईएको थियो । लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलन गरेको आरोप लगाईएको छ ।