काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आउदो असोज ५ गते अमेरिकाको न्युयोर्क जाने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री ओलीसँगै सो प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री पत्नी राधिका शाक्य लगायत रहेका छन्।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त ओलीको यो पहिलो विदेश भ्रमण हो । सो प्रतिनिधिमण्डल असोज १५ गते स्वदेश फर्किने कार्यक्रम रहेकोछ।