मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

बोनस शेयर बितरण गरेर पुँजी पुराउने योजना सहित राष्ट्रिय बिमा कम्पनीले दशैं अघिनै साधारणसभा गर्ने

बोनस शेयर बितरण गरेर पुँजी पुराउने योजना सहित राष्ट्रिय बिमा कम्पनीले दशैं अघिनै साधारणसभा गर्ने

काठमाडौं । बिमा प्राधिकरणले तोकेको चुत्ता पुँजी पुराउन सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी (आरबिसियल)ले आफ्ना रोकिएका सबै साधारणसभा तत्काल गर्ने योजना तिव्रताका साथ अघि बढाएको छ ।

आउदो दशै अघिनै आर्थिक बर्ष २०७३ ०७४ देखि आर्थिक बर्ष २०७५ ०७६ सम्मगरी तीन आर्थिक बर्षको एकैपटक साधारणसभा गर्ने र त्यस लगत्तै २०७६ ०७७ देखि आर्थिक बर्ष २०७८ ०७९ सम्मगरी एकैपटक तीन आर्थिक बर्षको आर्को साधारणसभा गर्ने तयारीका साथ काम भईरहेको राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) डा. शिवहरि श्रेष्ठले बताएका छन्् ।

आर्थिक बर्ष २०७३ ०७४ देखि आर्थिक बर्ष २०७४ ०७५ सम्म गरी दुई बर्षको अडिट रिपोर्ट बिमा प्राधिकरणमा पेश गरिसकिएको र एक दुई हप्ता भित्रमै आर्थिक बर्ष २०७५ ०७६को अडिट रिपोर्ट पेश गर्ने तयारी भईरहेको समेत प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । उनका अनुसार आर्थिक बर्ष २०७३ ०७४ को अडिट रिपोर्ट प्राधिकरणबाट पास भईसकेको छ भने आर्थिक बर्ष २०७४ ०७५को अडिट रिपोर्ट एक दुई दिन भित्रमै पास हुने क्रममा रहेको छ । आर्थिक बर्ष २०७४ ०७५को अडिट रिपोर्ट पास भए लगत्तै एक दुई हप्ता भित्रमा हामी आर्थिक बर्ष २०७५ ०७६को अडिट रिपोर्ट पेश गर्ने र दशैं अघिनै तीन आर्थिक बर्षको एकैपटक साधारणसभा गर्न सूचना आह्वान गर्ने तयारीका साथ हामिले काम गरिरहेका छौं, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने ।

बिमा प्राधिकरणले तोकेको साढे दुई अर्ब चुत्ता पुँजी पुराउन राष्ट्रिय बिमा कम्पनीले बोनस शेयर बितरण गर्ने योजना अघि बढाएको छ । आर्थिक बर्ष २०७१ ०७२ देखि आर्थिक बर्ष २०७३ ०७४ सम्मको तिन बर्षको मुनाफाबाट कम्पनीले १२० प्रतिशत बोनस शेयर बितरण गर्न प्रस्ताव गरेका भएपनि तोकिएको पुँजी नपुग्ने भएपछि गत बर्ष मुनाफा बितरण नगरिकनै तिन बर्षको साधारणसभा सम्पन्न गरिएको थियो ।

आर्थिक बर्ष २०७५ ०७६ सम्मको ६ बर्षको संचित मुनाफाबाट बोनस शेयर बितरण गरेर पुँजी पुराउन सकिने आंकलनमा कम्पनी रहेको छ । ६ बर्षको संचित मुनाफाबाट बोनस शेयर बितरण गरेर पनि तोकिएको पुँजी नपुगेमा राईट शेयर जारी गरिने योजना समेत कम्पनीले अघि सारेको छ ।

त्यसोत राष्ट्रिय बिमा कम्पनीले आर्थिक बर्ष २०७६ ०७७ देखि आर्थिक बर्ष २०७८ ०७९ सम्मगरी आगामी आर्थिक बर्ष भित्रमै तीन आर्थिक बर्षको एकैपटक आर्को साधारणसभा गर्ने योजनाका साथ अडिट गर्ने कार्यलाई एकैसाथ अघि बढाएको छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार आउदो बर्षको जेठ मसान्त सम्म आर्थिक बर्ष २०७८ ०७९ सम्मका सबै साधारणसभा सम्पन्न गरेर कम्पनीलाई नियमित बनाईने योजना अनुसार कम्पनीले काम गरिरहेको छ ।

आर्थिक बर्ष २०७५ ०७६ सम्मको ६ बर्षको साधारणसभाबाट बोनस शेयर बितरण गरेपछि पनि चुत्ता पुँजी नपुगेर राईट शेयर जारी गरिए कम्पनीमा आर्थिक बर्ष २०७६ ०७७ देखि आर्थिक बर्ष २०८० ०८१ सम्मको मुनाफा संचितिमै रहने छ । कम्पनीले गत आर्थिक बर्षमा सार्वजनिक गरेको अहिले सम्मको आर्थिक रिपोर्टमा आर्थिक बर्ष २०७६ ०७७ देखि आर्थिक बर्ष २०८० ०८१ सम्मको संचित मुनाफाबाट अझै करिव ५ सय प्रतिशत मुनाफा बितरण गर्नसक्ने संचिति रहेको देखिन्छ ।

जम्मा २६ करोड मात्र चुत्ता पुँजी रहेको यस बिमा कम्पनीमा दश बर्षको संचित मुनाफा झण्डै आठ सय प्रतियत रहेको र तत्काल साधारणसभा गरेर पुजी पुराउन कम्पनी, नियामक बिमा प्राधिकरण र सरकार समेत लागेकाले मुल्य महंगो भएरपनि दोस्रो बजारमा यस कम्पनीको शेयरमा सर्वसाधरणको अकर्षण रहेको देखिन्छ । केही दिन अघि नेप्से परिसूचक ३ हजार पुग्दा साढे २२ हजार मुल्य पुगेको यस कम्पनीको शेयर नेप्से परिसूचक २८ सय तल झर्दा पनि १९ हजार हाराहारीमा कारोवार भईरहेको छ । बोनस शेयर बितरण गरेर पुँजी पुराउन दशैंअघि आर्थिक बर्ष २०७५ ०७६सम्मको तीन बर्षको साधारणसभा गरिए यस कम्पनीको मुल्य चालिस हजार हाराहारिमा सजिलै पुग्ने अनुमानका साथ ठूला र संस्थागत लगानीकर्ताहरु अहिले यस कम्पनीमा आकर्षित भएको बजारका जानाकारहरु बताउँदछन् ।

विश्व