मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

अलटाईम हाई नेप्से परिसूचकको ब्रेक पछि केक काट्ने योजनामै ब्रेक लागेपछि प्रधानमन्त्री ओली चिन्तित, सरोकारवालासंग निरन्तर छलफल

अलटाईम हाई नेप्से परिसूचकको ब्रेक पछि केक काट्ने योजनामै ब्रेक लागेपछि प्रधानमन्त्री ओली चिन्तित, सरोकारवालासंग निरन्तर छलफल

काठमाण्डौ । तीन बर्ष अघि भएको अलटाईम हाई नेप्से परिसूचकलाई ब्रेक गरेपछि केक काटेर लगानीबर्ताको मनोवल उच्च बनाउने योजनामानै ब्रेक लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली चिन्तित बनेका छन् ।

प्रधानमन्त्री ओली अध्यक्ष भएको दल नेकपा एमाले निकट उद्योगी व्यापारीको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको भदौ ७ गते काठमाण्डौको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गरिएको अर्थतन्त्रको विस्तार र विकास बिषयक अन्तरक्रिया कार्यक्रम पछि नेप्से परिसूचक निरन्तर घटेपछि प्रधानमन्त्री ओलीले चाँसो राख्दै सरोकोरवालाहरुसंग निरन्तर छलफल गरिरहेका छन् ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री ओली उपस्थित हुने र पूँजीबजारसहित अर्थतन्त्रका विषयमा विशेष बिशेष सम्बोधन गर्ने भन्दै ब्यापक प्रचारप्रसार गरिएपनि स्वस्थ्य अवस्थामा आएको प्रतिकुलताका कारण उपस्थित हुन नसकेको बिषयलाई बहाना बनाएर शेयर बजार घटाईएको चर्चाकाबीच प्रधानमन्त्री ओली चिन्तित बनेको प्रधानमन्त्रीको सचिवालय निकट श्रोतको भनाई छ ।

नेप्से परिसूचक केही दिनमै तीन बर्ष अघिको ३२ सय अंकको अलटाईम हाइलाई ब्रेक गरेपछि प्रधानमन्त्रीले केक काट्ने र त्यसका लागि प्रधानमन्त्री स्वयेम उपस्थित भएर लगानीकर्ताको मनोवल उकास्ने भनेर प्रचार प्रचारप्रसार गरिएपनि प्रधानमन्त्री उपस्थित नहुनुलाई एमाले निकट लगानीकर्ताको चलखेल भन्दै आलोचना भएकालेपनि प्रधानमन्त्री ओली तिन्तित भएको आफूलाई एमाले नेकिट भएको दावी गर्ने एक लगानीकर्ताले बताए ।

सो कार्यक्रमको आयोजना गर्नु केही दिन अघि प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाले निकट लगानीकर्ताहरुले लगानीकर्ताको मनोबललाई थप मजबुत बनाउन अलटाईम हाई ब्रेक गरेपछि केक काट्ने योजना प्रधानमन्त्री स्वयम्लेनै अघि सारेको भन्दै प्रचार गरेका थिए । तर आफूहरुले ब्यापक प्रचार गरेको कार्यक्रममा प्रधानमन्त्रीको उपस्थितिनै नभएको र सोही दिन पछि बजार निरन्तर रुपमा घटिरहेको भएपनि यस बिषयमा एमाले निकट लगानीकर्ताहरु चुईक्क समेत बोलेका छैनन् । यस अवस्थालाई एमाले निकट लगानीकर्ताहरुको याजनावद्धरुपमा शेयर बजार घटाउने चलखेल भन्दै आरोप समेत लाग्ने गरेको छ ।

नेप्से परिसूचक ३२ सय माथि जानको सट्टा निरन्तर घटेपछि चिन्तित बनेका प्रधानमन्त्री ओलीले लगानीकर्ताको मनोबल उच्च बनाउन अर्थमन्त्रीलाई निर्देशननै दिएको बताईएको छ । “पूँजीबजारमा देखिएको उत्साहलाई मर्न नदिई यसलाई दिगो बनाउन अर्थमन्त्री यतिखेर निरन्तर सक्रिय देखिनुभएको छ,” प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने “अर्थमन्त्री बिष्णु पौंडेल लगायतका सम्वद्ध सरोकारलाहरुलाई बजारलाई बलियो बनाई नयाँ सरकार बनेपछि जागेको उत्साहलाई कायमै राख्ने दिशामा केन्द्रीत भएर काम गर्न प्रधानमन्त्रीले निर्देशन दिईसक्नुभएको छ ।

विश्व