मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

शेयर बजार निरन्तर घटेपछि निरास लगानीकर्ता सरकारप्रति आक्रोसित, भन्छन्: एमालेले बढ्ने बजारबाट पाउने क्रेडिटलाई समेत गुमायो

शेयर बजार निरन्तर घटेपछि निरास लगानीकर्ता सरकारप्रति आक्रोसित, भन्छन्: एमालेले बढ्ने बजारबाट पाउने क्रेडिटलाई समेत गुमायो

काठमाडौं । नेप्से परिसूचक निरन्तर रुपमा घटेर २५ सय नजिक आएपछि निरास बनेका लगानीकर्ताहरु यतिखेर सरकारप्रति आक्रशोति बन्न थालेका छन् । वर्तमान् सरकारको गठनपछि २२ सय हाराहारीबाट बढेर ३ हजारमा नेप्से परिसूचक पुग्दा सरकारको लोकपृयता शेयर बजारमा आएको उत्साहले पुष्टी गर्ने भन्दै क्रेडिट लिएको वर्तमान् सरकारको नतृत्व गरेको नेकपा एमालेले अहिले घटेर २५ सय अंक नजिक आउदा समेत चुईक्क सम्मपनि नबोलेको र गर्नपर्ने तथा गर्नसक्ने सुधारका काम पनि नगरेको भन्दै लगानीकर्ताहरुले आक्रोस पोखेका हुन् ।

बजारले रुचाएका भनिएका बिष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी सहित एमालेको नेतृत्वमा सरकार बनेपछि केही ठोस नीतिगत सुधार हुने र नियामकीय अवरोध हट्ने अपेक्षा राखेका लगानीकर्ताहरुले अब शेयर बजार बढेपनि सरकारको नेतृत्व गरेको एमाले पार्टीले जस लिने मौका गुमाएको बताउन थालेका छन् ।

“आर्थिक अवस्थामा आएको सुधार, बढ्दो तरलता, घट्दो ब्याजदर र तीन बर्षदेखिको बियरिसको कारण अब शेयर बजार बढ्न सक्छ तर वर्तमान् सरकारको नेतृत्व गरेको एमाले पार्टीले हाम्रो कारणले शेयर बढेको हो भनेर अब जस पाउने अवस्था रहेन,” शेयर बजारका एक पाका लगानीकर्ता शंकर पाण्डेले भने “सरकारले यस बीचमा शेयर बजारको बिकास र विस्तारका लागि गर्न सक्ने र गर्न पर्ने काम नगरेर धेरै ठूलो गल्ती गरेको छ ।”

आफ्नै दल समर्थक रहेका राष्ट्रबैकका गभर्नर महाप्रसाद अधिकारीलाई भनेर ब्यक्तिगत लगानीकर्ताहरुलाई लगाईएको १५ करोडको क्याप हटाउन र रिक्स वेटेजलाई घटाउन सक्ने भएपनि केही नगरेको, शेयरको मुनाफामा लाग्ने करको बिषयमा स्थाई समाधान नगरेर लगानीकर्तालाई सधै त्रासमै राख्न चाहेको, नतृत्व बिहिन धितोपत्र बोर्ड लगायतका नियामक निकायहरुमा स्वतन्त्र र सक्षम ब्यक्तिलाई तत्काल नियुक्ती नगरेर आफू अनुकुलकालाई नियुक्ति गर्न दाउ हेरेर बसेको लगायतका कारणबाट स्वतह रुपमा बढ्ने बजारबाट पाउने जसलाई एमाले नतृत्वको वर्तमान् सरकारले गुमाएको उनको तर्क छ ।

लगातार ६ दिनदेखिको घटाईलाई निरन्तरता दिँदै बुधबार पनि नेप्से २२।७३ अंकले घटेर २६१०।२१ विन्दुमा बन्द भएपछि निरास बनेका आफूलाई एमाले समर्थक रहेको बताउने अर्का लगानीकर्ता नबिन शर्माले पनि एमालेले बढरदो बजारबाट पाउन सक्ने क्रेडिटलाई गुमाएको बताए । “बढेको बजारलाई देखाएर आफू नेतृत्वको सरकारको सफलता भन्ने प्रधानमन्त्री केपी शर्मा ओली र बजारले रुचाएको भनिएका अर्थमन्त्रीले बजार बढेको बेलामा बोलेर क्रेडिट लिन खोज्न भन्दा अहिले घटेको बेलामा सुधारका लागि काम गरेर क्रेडिट लिन सक्नु पर्दथ्यो,” शर्माले भने “वर्तमान् सरकारको नेतृत्व गरेको एमालेले बढ्दो बजारबाट साँच्चै क्रेडिट लिने हो भने मौद्रिक नीतको पहिलो समिक्षालाई नकुरेर रिण प्रवाहमा सहजता लगायतका सुधारका काम तत्काल गर्न सक्नु पर्दछ । साथै उनले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले प्रधानमन्त्रीलाई शेयर बजार सुधारका सम्वन्धमा सही सल्लाह समयमै दिएर लगानीकर्ताको मनोवल उकास्न समेत समेत सुझाए ।

 

 

विश्व