मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

पुँजी पुराउन बोनस र राईट शेयरको प्रस्ताव सहित राष्ट्रिय बिमा कम्पनीले यसै आर्थिक बर्ष भित्र ६ बर्षको साधारणसभा गर्ने

पुँजी पुराउन बोनस र राईट शेयरको प्रस्ताव सहित राष्ट्रिय बिमा कम्पनीले यसै आर्थिक बर्ष भित्र ६ बर्षको साधारणसभा गर्ने

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी (आरबिसियल)लाई बिमा प्राधिकरणले तोकेको चुत्ता पुँजी पुराउन बाध्यता भएपछि यही दशै लगत्तै आर्थिक बर्ष २०७३ ०७४ देखि आर्थिक बर्ष २०७५ ०७६ सम्मगरी तीन आर्थिक बर्षको साधारणसभा गरेर पुँजी पुराउने योजना अघि सारेको   छ ।

यही आर्थिक बर्ष भित्र २०७६ ०७७ देखि आर्थिक बर्ष २०७८ ०७९ सम्मगरी अर्को तीन आर्थिक बर्षको साधारणसभा समेत गर्ने योजना बनाएको यस कम्पनीले पहिलो चरणको तीन बर्षको संचित मुनाफाबाट बोनस सेयर बितरण गरेर पुँजी वृद्धि गर्ने र नपुगेको पुँजी राईट शेयर जारी गरेर पँजी पुराउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. शिवहरि श्रेष्ठले बताए ।

बिमा प्राधिकरणले निर्जिवन बिमा कम्पनीलाई साढे दुई अर्ब चुक्ता पुँजी पर्याउन भनेपनि आर्थिक बर्ष २०७२ ०७३ देखि यस कम्पनीको साधारणसभा हुन नसक्दा पर्याप्त संचित मुनाफा भएरपनि बितरण गरेर पुँजी पर्याउन सकेको थिएन। “बिमा प्राधिकरणले तोकेको साढे दुई अर्बको चुत्ता पुँजी पुराउने योजनाका साथ आउँदो दशैं लगत्तै तीन आर्थिक बर्षको साधारणसभा गर्ने र त्यस लगत्तै यसै आर्थिक बर्ष भित्र थप तीन बर्षगरी ६ बर्षका साधारणसभा सम्पन्न गर्ने योजनाकासाथ काम गरिरहेका छौं,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने ।

“के बिधिबाट कति गरेर पुजी पुराउने भन्ने बिषय बोर्ड बैठकबाट तय हुने भएपनि पहिलो चरणमा दशैं लगत्तै गरिने तीन आर्थिक बर्षको साधारणसभाबाट पुजी गुराउने योजनाकामा प्राय सबैको समहति जस्तै छ,” एक बोर्ड सदस्यले भने “कम्पनीले “आर्थिक बर्ष २०७० ०७१ देखि आर्थिक बर्ष २०७२ ०७३ सम्मको तिन बर्षको संचित मुनाफाबाट १२० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेरपनि कम्पनीले बितरण नगरिकन संचित गरेर राखेको र आर्थिक बर्ष २०७२ ०७३ देखि आर्थिक बर्ष २०७५ ०७६ सम्मको तीन बर्षको मुनाफाबाट सो भन्दापनि बेसी मुनाफा बितरण गर्न सक्ने संचित मुनाफा कम्पनीसंग भएकाले बोनस शेयर बितरणबाट पुँजी पुराउन प्रयास गर्ने र नपुगेको पुँजी राईट शेयर जारी गरेर पुराईने छ।”

आर्थिक बर्ष २०७१ ०७२ देखि आर्थिक बर्ष २०७३ ०७४ सम्मको तिन आर्थिक बर्षको साधारणसभामा १२० प्रतिशत मुनाफा बितरण गर्ने प्रस्ताव गरिएपनि प्राधिकरणले तोकेको पुँजी नपुग्ने भएपछि आर्थिक बर्ष २०७५ ०७६ सम्मको थप तीन बर्ष सहित ६ बर्षको साधारणसभा गरेर पुँजी पुराउने भन्दै गत बर्ष मुनाफा बितरणको प्रस्तावनै नगरेर आर्थिक बर्ष २०७१ ०७२ देखि आर्थिक बर्ष २०७३ ०७४ सम्मको तिन बर्षको साधारणसभा सम्पन्न गरिएको थियो ।

आर्थिक बर्ष २०७५ ०७६ सम्मको ६ बर्षको संचित मुनाफाबाट कम्पनीले ३०० प्रतिशत भन्दापनि बढी बोनस शेयर बितरण गर्न सक्ने क्षमता राख्ने बताईन्छ। जम्मा २६ करोड मात्र चुत्ता पुँजी भएको यस कम्पनीको ३०० प्रतिशत बोनस शेयर बितरण गरेर पनि बिमा प्राधिकरणले तोकेको साढे दुई अर्बको चुक्ता पुँजी पाुराउन राईट शेयर जारी गर्नेपर्ने देखिन्छ।

आर्थिक बर्ष २०७६ ०७७ देखि अहिले सम्को संचित मुनाफाबाट कम्पनीसंग करिव ५ सय प्रतिशत संचित मुनाफा हुने बताईन्छ । दोस्रो चरणमा यही असारभित्र गरिने आर्थिक बर्ष भित्र २०७६ ०७७ देखि आर्थिक बर्ष २०७८ ०७९ सम्मको साधारणसभामा पनि कम्पनीले करिव ३ सय प्रतिशत मुनाफा बितरण गर्न सक्नेगरी संचिति रहेको बताईन्छ । राष्ट्रिय बिमा कम्पनी निर्जिवन बिमा कम्पनीहरु मध्यकै सबैभन्दा थोरै चुक्ता पुँजी भएको र सबैभन्दा धेरै संचित मुनाफा भएको कम्पनी हो ।

विश्व