मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

अग्रणी शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल र सिप्ला सेक्युरिटिजबीच हिसाब राफसाफको विवाद सतहमा, विज्ञप्तीनै निकालेर एकले अर्कोलाई लगाए आरोप

अग्रणी शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल र सिप्ला सेक्युरिटिजबीच हिसाब राफसाफको विवाद सतहमा, विज्ञप्तीनै निकालेर एकले अर्कोलाई लगाए आरोप

काठमाडौं । अग्रणी शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल र सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) बीच हिसाब राफसाफको विषयमा भएको बिवाद सतहमा आएको छ। दुवै पक्षले एक अर्कालाई लेनदेनमा बदमासी गरेको भन्दै सोमबार विज्ञप्तीनै निकालेर आरोप लगाएका छन ।

शेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले विज्ञप्तीमा आफूलाई सिप्ला सेक्युरिटिजले दिन पर्ने १५ करोड रुपियाँ नदिएको बताएका छन् भने सिप्ला सेक्युरिटिजले दीपेन्द्र अग्रवालले १६ करोडको चेक लिएर भागेको आरोप लगाएको छ ।

ब्रोकर कम्पनीले विज्ञप्तीमा सबै ब्रोकरलाई सम्बोधन गर्दै दीपेन्द्र अग्रवालसंग कारोबार नगर्न नगराउन अनुरोध गरिरहँदा अग्रवालले भने आफूले न्याय नपाएको भन्दै अनुसनधान गर्न नेप्से लगायत सम्वद्ध निकाय संग मागनै गरेका छन् ।

सिप्ला सेक्यूरिटिजबाट विगत तीन वर्ष देखि हिसाव मिलान गर्न ढिलाई हुदै आएको, सेक्युरिटिजको मिति २०८१।०१।२३ सम्मको लेजर अनुसार आफूले अठचालिस करोड तेतिस लाख अन्ठानब्वे हजार सात सय सात रुपैंया एकचालिस पैसा पाउनुपर्ने देखिएकोमा व्रोकरकै अनुरोधमा आफन्त तथा कम्पनीहरुको हिसाव मिलान गर्दा पनि सात करोड अठासी लाख उन्नाइस हजार छ सय छैसठ्ठी, छयासी पैसा पाउनुपर्ने देखिएको तर ब्रोकरले कानून बमोजिमको समयसिमाभित्र रकम भुक्तानी नगरेकोले आफूले कानून बमोजिम करिब १५ करोड पाउनुपर्ने रहेको भन्दै अग्रवालले विज्ञप्तीमा भनेका छन् रकम भुक्तानी माग गर्दा रकम भुक्तानी गर्नुको सट्टा विभिन्न बहाना बनाई रकम भुक्तानी गर्नवाट पन्छिन थालेपछि यस विषयमा मैले उक्त ब्रोकर विरुद्ध केन्द्रिय अनुसन्धान विभाग, ब्रोकर एसोसिएसन नेपाल, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससि लगायतमा विभिन्न मितिमा पटक पटक उजुरी दिएको छु । तर पनि कुनै निकायवाट मैले न्याय पाउन सकेको छैन ।

दुवै पक्षबाट जारी गरिएका ज्ञिप्तीहरु यस प्रकार रहेका छन् ।

विश्व