सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
add-top

फेरी मौसम सकृय रहने अनुमान्

फेरी मौसम सकृय रहने अनुमान्

 

काठमाडौं । सामान्यतया यो मनसुन बाहिरिनुपर्ने सिजन हो । तर नेपालमा मनसुन बाहिरिनुको सट्टा झन सकृय हुन थारेको छ ।

गत हप्ता परेको अविरल बर्षाले २ सय बढीको ज्यान लिईसकेको, दर्जनौं अझै बेपत्ता रहेको, सयौं घाइैते भएको र अरबौं रुपयिाँ बराबरको नोक्सानी भएको अवस्थामा नेपालको पूर्वी भेगबाट पुनः वर्षा सुरू हुने बताईएको छ।

आज सोमबार अपराह्नदेखि फेरि पूर्वी नेपालबाट अर्को मौसमी प्रणाली नेपाल प्रवेश गर्ने र त्यो बिहिबार सम्म कायम रहने बताईएको छ ।

अधिकांस क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने र केही क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षा समेत हुने सम्भावना रहेको बताईएको छ ।

नेपालमा सामान्यत अक्टोबर २ तारिख देखि मनसुन बाहिरिने भएपनि यस बर्ष धेरै लामो समयसम्म मौसम सकृय रहेको छ ।

गत हप्ता परेको अधिक बर्षा र लामो समय सम्म मौसम सकृय रहनुलाई मौसमविदहरुले जलवायु परिवर्तनको प्रभाव भन्ने गरेका छन् ।

विश्व