मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

आरबिसियलको अडिट रिपोर्ट तयार नहुँदा साधारणसभा गरेर चुत्ता पूँजी वृद्धि गर्ने योजना अलपत्र

आरबिसियलको अडिट रिपोर्ट तयार नहुँदा साधारणसभा गरेर चुत्ता पूँजी वृद्धि गर्ने योजना अलपत्र

 

 

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी (आरबिसियल) को पूँजी वृद्धि योजना अलपत्र परेको छ । यस कम्पनीले आर्थिक बर्ष २)७३र)७४ देखिको अडिट रिपोर्ट अहिले सम्मपनि तयार गर्न नसकेका कारण सरकारी स्वामित्व बढी भएको यस कम्पनीको साधारणसभा गरेर पूँजी वृद्धि योजना अलपत्र परेको हो ।

आर्थिक बर्ष २)७२र)७३ देखि साधारणसभानै गर्न नसकेको यस कम्पनीले हिसाव कितावमा रहेको गडबढीका कारण अडिट रिपोर्ट तयार गर्न समस्या परेको छ । हिसाव कितावमा रहेको गडबढीका कारण यस कम्पनीको आर्थिक बर्ष २)७४र)७५ र आर्थिक बर्ष २)७५र)७६ को अडिट रिपोर्ट अझैसम्म पनि पूरा हुन नसकेको सम्वद्ध अधिकारीहरुको भनाई रहेको छ ।

आरबिसियलका प्रमुख कार्यकारी अधिकृत डा. शिवकुमार श्रेष्ठले आर्थिक बर्ष २७३र)७४, २)७४र)७५ र २)७५र)७६को गरी तीन बर्षको साधारणसभा एकै पटक गरेर बिमा प्राधिकरणले तोकेको चुत्ता पुँजी पुराउन बोनस शेयर बितरणको प्रस्ताव लगेर यही दशैं अघिनै साधारणसभा गर्ने योजना गत बर्ष देखिनै सुनाउने गरेका थिए । तर अहिले सम्म पनि कम्पनीले अडिट रिपोर्ट तयार बनाउन नसकेका कारण आउदो असार सम्मपनि साधारणसभा हुने सम्भावना न्यून देखिएको छ ।

बिमा प्राधिकरणले आर्थिक बर्ष २)७३र)७४ को अडिट रिपोर्ट मात्र स्विकृत गरेको, आर्थिक बर्ष २)७४र)७५को अडिट रिपोर्ट स्विकृतिका लागि पेश गरिएकोमा प्राधिकरणबाट रिपोर्ट उपर बिभिन्न प्रश्नहरु एठाएर स्विकृत नगरिएको र आर्थिक बर्ष २)७५र)७६को अडिट रिपार्ट तयारीनै भईनसकको कारण आरबिसियलले आउदो असार सम्मपनि साधारणसभा गरेर पुँजी पुराउने सम्भावना नभएको हो ।

पुँजी नपुगेका अन्य बिमा कम्पनीहरुले आउँदो असार मसान्तसम्म पुँजी पुराउने कार्ययोजना प्रधिकरण समक्ष पेश गरिसक्दा आरबिसियलले भने पुँजी पुराउने कार्ययोजना समेत पेश गर्न सकेको छैन । अडिट रिपोर्ट तयारीमा समस्या रहेकै कारण कार्ययोजना समेत पेश गर्न नसकिएको त्यहाँका अधिकारीहरुको भनाई रहेको छ । यद्यपी कम्पनीले अपारदर्शी हिसाव कितावका बावजुतपनि साधारणसभा गर्नका लागि सम्वद्ध निकायमा पहल बढाईएको बताएको छ ।

कम्पनीको हिसाव किताव चुस्त दुरुस्त नभएकै कारण बिमा प्राधिकरणले आर्थिक बर्ष २)६८र)६९ देखि आर्थिक बर्ष २)७२र)७३ सम्मको तिन बर्षको साधारणसभा मुनाफा बितरण नगरिकनै सम्पन्न गर्नका लागि गत बर्ष स्विकृति दिएको थियो ।

सरकारी बहुस्वामित्व बढी रहेको यस राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी सबैभन्दा न्यून २६ करोड रुपैयाँ मात्रै छ । यस कम्पनीको कुल पूँजीमा ३० प्रतिशत सर्वसाधारणको रहेको छ भने बाँकी ४१।०३ प्रतिशत नेपाल सरकार, १९।३७ प्रतिशत कर्मचारी सञ्चय कोष र ९।६० प्रतिशत नेपाल बैंकको स्वामित्व छ ।

प्रधिकरणले तोकेको साढे दुई अर्बको पुँजी पुराउन कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी थप्नुपर्ने हुन्छ । तर कम्पनीले अडिट रिपोर्टनै तयारी गर्न नसकेका कारण कहिले सम्म केका आधारमा पुँजी पुराउने भन्ने अनिश्चिित छ । कम पुँजी भएका कारण यस कम्पनीको बिमा कम्पनीहरु मध्यकै सवैभन्दा महंगो शेयर मुल्य भएपनि यस कम्पनीमा लगानीका लागि लगानीकर्ताहरुमा अन्यौलता हुने गरेको छ ।

 

विश्व