मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस

रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस

पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेस गरिएकोछ ।

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले दिएको म्याद आज सकिएका कारण म्याद थपका लागि अहिले बिहान १० बजे अदालतमा पेस गरिएको हो ।

कास्की जिल्ला अदालतले गत आईतबार ६ दिन थुनामा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई म्याद दिएको थियो ।
पहिलो पटक थपिएको ६ दिनको समयमा बयान नसकिएको भन्दै प्रहरीले थप थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै म्याद थपका लागि अदालतमा पेस गरेको छ ।

विश्व