काठमाडौँ । यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस मनाईने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय कफी दिवसको आयोजना गर्न लागेको हो ।
कफी दिवसको अवसरमा नेपालमा उत्पादीत कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी गरी विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँका अनुसार सो अवसरमा कफी सहकारी सङ्घहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गरी नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तक्र्रिया कार्यक्रम गरिने छ ।