मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारेको पहिलो अन्तराष्ट्रिय सम्मेलन सुरु

वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारेको पहिलो अन्तराष्ट्रिय सम्मेलन सुरु

 

काठमाडौं । वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारेको पहिलो अन्तर्रा्ष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंको काँडाघारीस्थित अक्षरा स्कुलमा सुरु भएको छ । यस अन्तराष्ट्रिय सम्मेलन आईतबार सम्म चल्ने छ । एक भब्य कार्यक्रमबाबीच गरिएको उद्घाटन पश्च्यात वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारे विभिन्न बिधामा कार्यपत्र प्रस्तुत गरिदै छ ।

यस सम्मेलनमा श्रीलभक्त माधव पुरी महाराज, पीएच।डी, श्रील भक्ति निस्कम शान्त महाराजा, पीएचडी, श्रीलभक्तिविज्ञान मुनि महाराज, पीएच।डी, संहिताशास्त्री अर्जुन बास्तोला, श्री चैतन्य कृष्ण प्रभु, वरिष्ठ न्यूरोलोजिस्ट डा जेपी अग्रवाल, प्राध्यापक डा मोहनप्रसाद खरेल, प्राध्यापक डा रजनी मल्ल, प्राध्यापक डा अच्युत तिवारी, प्राध्यापक डा रामेश्वर अधिकारी, प्राध्यापक मोहन राव, प्राध्यापक एमवी जगन्नाधाम, डा गर्ग चटर्जी, डा कुमार भान्का, सहप्राध्यापक डा गोपीचन्दर काफ्ले, सहप्राध्यापक डा निर्मलमणि अधिकारी, सहप्राध्यापक डा चित्रबहादुर बानियाँ, सहप्राध्यापक डा दीपेन्द्र पराजुली, उपप्राध्यापक गोपीचन्द्र पराजुली, उपप्राध्यापक डा भरत गिरी, डा भुवनेश्वरी राव, श्रीपाद कृष्ण केशव, डा सुमंगलादेवी दासी लगायत विविन्न विद्यानहरुले वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारेका विविध पक्षहरुमा आफ्नो अनुसन्धानको निष्कर्ष सहितको कार्यपत्रको प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

पश्चिमी सांस्कृतिक मूल्यहरूलाई प्राथमिकता नदिई आधुनिक विज्ञानले यूरोसेन्ट्रिक परिप्रेक्ष्यलाईमात्र बढावा दिएको तथा जीवनको उत्पत्र् िर विकासको बारेमा पूर्वाग्रहीभई वैज्ञानिक प्रगतिको नाममा गैह्रपश्चिमी संस्कृतिहरूलाई मात्र बढवा गर्न खोजेको वर्तमान् परिपेक्षमा जीवनको उत्पत्र् िर विकासमा रहेका वैज्ञानिक कमजोरीहरूलाई प्रकास पार्ने उद्धेश्यकासाथ यस सम्मेलनले अयोजना गरिएको हो ।

श्री चैतन्य सारस्वत संस्थान, नृसिंहपल्ली, नवद्वीप धाम, ध्द्य, भारत, भक्तिवेदान्त संस्थान, प्रिन्सटन, प्रिन्सटन, ल्व्, ग्क्ब्, श्री चैतन्य सारस्वत सभा काठमाडौं नेपाल र सनातन अध्ययन प्रतिस्ठान नेपालको आयोजना तथा अक्षरा स्कूलको सहआयोजनामा गरिएको यस अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउनका लागि नेपाल सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र डीएभी काठमाडौंको सहयोग रहेको छ ।

सम्मेलन पश्च्यात शोमबार भारतको पश्चिम बंगालस्थित श्री चैतन्य सारस्वत मठका आचार्य श्रीलभक्ति निस्कम शान्त महाराजले काठमाडौंको दक्षिणकालीको बसानिमहलमा रहेको बामनदेव मन्दिरको शिलान्यास गर्ने, तत् पश्च्यात ऐतिहासिक दक्षिणकाली मन्दिरको दर्शनगरी विश्वसम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिरको दर्शन गर्ने र बेलुका रमणीयस्थल नगरकोटस्थित रत्नागिरी रिसोर्टमा सम्मेलको समिक्षा गरिने कार्यक्रम रहेको पनि आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभाका अध्यक्ष स्वामी राममणि नेपालले जानाकारी दिनुभएको छ ।

विश्व