मङ्लबार, पुस २३, २०८१
Tuesday, January 7, 2025
add-top

आरबिसियलले यस आर्थिक बर्ष भित्र पनि साधारणसभा नगर्ने !

आरबिसियलले यस आर्थिक बर्ष भित्र पनि साधारणसभा नगर्ने !
काठमाडौं । बिगत एक दशकदेखि साधारणसभा नगरेर ईतिहास बनाएको  सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी (आरबिसियल) ले यस आर्थिक बर्ष भित्र पनि साधारणसभा गर्ने सम्भावना छैन ।
बीमा कम्पनीहरुको नियामक बिमा प्राधिकरणले तोकेको चुत्ता पुँजी पुराउन आर्थिक बर्ष २०७३ ०७४, २०७४ ०७५ र २०७५ ०७६को गरी तीन बर्षको साधारणसभा दशै अघिनै गर्ने बताएको यस कम्पनीको अहिले सम्म आर्थिक बर्ष २०७४ ०७५ को स्विकृत नभएको र आर्थिक बर्ष २०७५ ०७६ को अडिट रिपोर्ट तयारीनै नभएका कारण यस आर्थिक बर्ष भित्र पनि साधारणसभा नहुने देखिएको हो ।
सम्भव भए दशैं अघि नभए नभए तिहार लगतै तीन बर्षको साधारणसभा गर्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा शिवकुमार श्रेष्ठले पटक पटक बताउने गरेका थिए । तर अहिले सम्म पनि अडिट रिपोर्ट तयार नभएका कारण यस आर्थिक बर्षभित्र पनि साधरणसभा गर्ने सम्भावना  निश्चित नभएको बताउन थालिएको छ ।
कम्पनीका एक उच्च अधिकारीका अनुसार अहिले सम्म बिमा प्राधिकरणले आर्थिक बर्ष २०७३ ०७४ को अडिट रिपोर्ट मात्र स्विकृत गरिदिएको छ । “आर्थिक बर्ष २०७४ ०७५को अडिट रिपोर्ट स्विकृतिका लागि पेश गरिएकोमा बिभिन्न प्रश्नहरु एठाउदै सच्चाउन भनेर फर्काइएको र आर्थिक बर्ष २०७५ ०७६को अडिट रिपोर्ट अहिले सम्मपनि तयारीनै नभएका कारण बर्ष भित्र साधरणसभा गर्ने सम्भावना  कम छ,” ति अधिकारीले भने ।
यस कम्पनीको  आर्थिक बर्ष २०७५ ०७६ सम्मको  लेखा प्रणाली म्यानुअली राखिएकोका स्पष्ट हिसाव नदेखिएको र कतिपय हिसाव किताव पारदर्शी नभएको कारण अडिट रिपोर्टमा समस्या परेको बताईन्छ । लेखा पणालीमा रहेको समस्याका कारण प्राधिकरणले यस कम्पनीले आर्थिक बर्ष २०७२ ०७३ सम्म तीन बर्षको साधारणसभा गर्न स्विकृति दिएर पनि मुनाफा बितरणमा रोक लगाईदिएको थियो ।
आर्थिक बर्ष २०७३ ०७४, २०७४ ०७५ र २०७५ ०७६को हिसाव किताव पनि त्यस अघिको तीन बर्षको जस्तै अपारदर्शी रहेको र त्यस अघि नमिलेको हिसाव कितावलाई अहिले मिलाउन भनिएका कारण हिसाव मिल्ने र मुनाफा वितरणमा स्विकृति दिने सम्भावना छैन ति अधिकारीले भने ।  आर्थिक बर्ष २०७२ ०७३ सम्मको तीन बर्षको साधारणसभामा १२० प्रतिशत मुनाफा बितरण गर्ने योजनालाई बिमा प्रधिकरणले हिसाव किताव पारदशई नभएका कारण बितरणमा रोक लगाईदिएको थियो ।
पुँजी नपुगेका अन्य सवै कम्पनीहरुले आउदो असार सम्म पुँजी पुराउने कार्ययोजना बिमा प्रधिकरणमा बुझईसक्दा आरबिसियलले भने अडिट रिपोर्ट तयारीमा रहेको समस्याकै कारण आउँदो असार सम्म पनि पुँजी पुराउने कार्ययोजनानै पेश गरेको छैन ।

विश्व